बलात्कारको अभियोगमा पन्थलाई ११ वर्ष कैद

तनहुँ । बलात्कार गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालतले ११ वर्षको कैद फैसला गरेको छ । पुर्पक्षका लागि थुनामा रहेका व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले बिहीबार फैसला गरेको हो ।

अदालतले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताउनुभयो । उहाँका अनुसार पन्थ गत असार २० देखि नै पुर्पक्षका लागि थुनामा थिए । पन्थले गत जेठ २५ मा ऋषिङ गाउँपालिका–१ कोइदिममा छोरीलाई बलात्कार गरेको पीडितका अभिभावकले थाहा पाएपछि जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पन्थलाई जेठ २६ मा दमौलीस्थित घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जनाकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।