कर्मचारीलाई ६ महिनासम्म तलबसहित बिदा

काठमाडौं । न्युयोर्कमा कर्मचारीलाई निशुल्क कोरोना भाइरस परीक्षण तथा तलबसहित बिदा दिइने भएको छ । अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई ३ महिनासम्म तलबी विदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने उल्लेख गरिएको छ । त्यस बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी विदा पाइने छ ।

न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्यान गुमाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।