कोरोना त्रास: वैशाख १८ सम्म सबै सिनेमा हल बन्द

काठमाडौं । कोरोना भाइरसको असर विश्व चलचित्र बजारसँगै नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ । कोरोनाका कारण करिब एक महिना अघिदेखि विश्वका सिनेमा हलहरु बन्द भएका थिए । नेपालका हलहरु नियमित सञ्चालनमा रहेपनि दर्शकको उपस्थिती न्युन थियो ।

कोरोना भाइरसका कारण बुधबारबाट नेपालका सम्पूर्ण सिनेमा हल पनि वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले वैशाख १८ सम्मलाई सिनेमा हल बन्द गर्न भनेपछि राजधानीका सबै हल सुनसान छन् । चलचित्र निर्माता तथा निर्देशकले प्रर्दशनी मिति निश्चित गरिएका सबै चलचित्र अनिश्चित समयका लागि स्थगित गरेका छन् ।

त्यस्तै, आगामी वैशाख १८ गतेसम्म सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दाबढी मानिस भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…