बिहीबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.नेपालमा हालसम्म कोही व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण नरहेको सरकारको दाबी ।

२.भाइरस संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्व तयारी गरिएको स्पष्टोक्ति ।

३.संक्रमणको जोखिम आउन नदिन सरकारले पूर्ण सर्तकता अपनाएको अर्थ तथा सूचना मन्त्री डा. युवाराज खतिवडाको भनाइ ।

४.नागरिकको जीवन सुरक्षालाई ध्यानमा राखी एसईई लगायतका परिक्षा र शैक्षिक संस्था बन्द गर्नु परेको खतिवडाको जिकिर ।

५.पूर्वतयारी स्वरुप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजी क्षेत्रका चिकित्सक लगायत विभिन्न क्षेत्रसँग सहकार्य अघि बढाईएको जानकारी ।

६.संभावित मूल्यवृद्धिलाई बढ्न नदिन आपूर्तिपक्षको व्यवस्थापन र कृत्रिम अभाव हुन नदिने तर्फ कार्य गरिरहेको पनि स्पष्ट ।

७.अतिरिक्त मूल्य असुल गर्न खोज्ने र कृत्रिम अभाव श्रृजना गर्नेलाई कानूनको दायरामा ल्याईने सरकारको दाबी ।

८.काठमाडौं उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको पनि जानकारी ।

९.रसुवागढी र तातोपानी नाका केही समयपछि खुलाउने विषयमा छलफल भइरहेको सरकारको भनाइ ।

१०.कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन कानून, न्याय तथा मानव अधिकार समितिद्वारा सरकारलाई निर्देशन ।

११.कारागारमा कोरोना भाइरससंक्रमण फैलिए कारागारमा जटिल अवस्था आउने भन्दै समितिको ठहर ।

१२.अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले जोखिम उच्च रहेको भनाइ ।

१३.कोरोना भाइरसको परीक्षणका लागि सातै प्रदेशमा मडिकल टिम, इक्युपमेन्ट र औषधिको प्रयाप्त व्यवस्था मिलाउन पनि निर्देशन ।

१४.प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित ।

१५.प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय ।

१६.शुक्रबारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेद्धारा जानकारी ।

१७.प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रियसभाको बैठक भने भोली १ बजे बोलाइयो ।

१८.बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घण्टाभन्दा बढी समय बस्यो ।

१९.विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधानसहित विशेष सेवा गठन सम्बन्धि विधेयक विधायन व्यवस्थापन समितिमा टुंगियो ।

२०.मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता लगायत विशेष विषयमा फोन ट्यापिङ गर्न अदालतको अनुमति नचाहिने व्यवस्था ।

२१.अनुसन्धान निर्देशकले फोन ट्यापिङको आधार र कारण अभिलेखिकरण अनिवार्य गर्नुपर्ने र त्यसलाई अदालतमा प्रमाणका रुपमा कसैले पनि प्रयोग गर्न नपाउने पनि व्यवस्था ।

२२.ट्यापिङ भएको फोनको दुरुपयोग भएमा त्यसलाई दण्डनीय मानिने विधेयकमा उल्लेख ।

२३.भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको गृह मन्त्रालयको भनाई ।

२४.खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष ।

२५.भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने समितिको भनाइ ।

२६.अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन ।

२७.चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गर्न गर्न नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा पनि छलफल ।

२८.अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था ।

२९.विश्वव्यापी बनेको कोरोना संक्रमणको सन्दर्भमा राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण ।

३०.सांसदहरुलाई स्यानिटाइजरले हात धोएर मात्रै संसद भवन भित्र दिईएको थियो प्रवेश ।

३१.सरकारले आफै गरेको निर्णय कार्यान्वयन नहुँदा चेकजाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीको भनाइ ।

३२.सरकारले जनतालाई आतंक बनाउन मात्र निर्णयहरु गर्ने तर कार्यान्वयन नहुँदा कालोबजारी बढेको रायमाझीको आरोप ।

३३.कोरोना भाईरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको राष्ट्रियसभा सदस्यहरुद्वारा प्रशंसा ।

३४.राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाज लगायत सबै निकायसंग मिलेर थप रणनीति बनाउन पनि सुझाव ।

३५.कोरोना भाईरस संक्रमणको संकटको सामना गर्न सबैसंग हालेमालो गर्नुपर्नेमा सांसदहरुको जोड ।

३६.आफु बाँच र अरुलाई बाँच्न देउ भन्ने मुल मर्मसहित संकटको बेला सबैसंग हातेमालो गरि समस्या समाधानमा जुट्न सांसद कोमल ओलीको आग्रह ।

३७.कोभिड नाइन्टिन सतर्कताबारे सरकारले बलियो तयारी नगरेको आलोचना गर्नेहरुलाई जवाफ दिनेगरीे काम गरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालको भनाई ।

३८.एक पटकमा ४ सय जनालाई आइसोलेसनमा राख्न सकिने गरी अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको मन्त्री ढकालको दाबी ।

३९.चीनले नेपाललाई सहयोगस्वरुप २० हजार थान ज्वरो नाप्ने यन्त्र र १ लाख थान मास्क पठाएको जानकारी ।

४०.कोभिड नाइन्टिन संक्रमणबारे भ्रामक खबर प्रशारण गर्ने सञ्चारमाध्यमलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठको भनाइ ।

४१.सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुनर्विचार गर्न पर्यटन मन्त्री योगेश भट्टराईको अपील ।

४२.सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड ।

४३.पशुपतिनाथमा दर्शन गर्न समेत २५÷२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन ।

४४.एसईई परीक्षासँगै हाल सञ्चालन भइरहेका तथा हुन बाँकी सिटिइभिटि तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको शिक्षा मन्त्रालयको भनाइ ।

४५.अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरुबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको मन्त्रालयद्वारा जानकारी ।

४६.कोरोना भाइरसबाट हुन सक्ने संक्रमितको उपचारका लागि नेपाली सेनाद्धारा आन्तरिक पूर्व अभ्यास शुरु ।

४७.सैनिक मुख्यालय मैदानमा ६५ अस्थायी टेन्टको क्वारेन्टाइन केन्द्र बनाइ संक्रमितलाई उपचार गर्ने गरियो अभ्यास ।

४८.सरकारबाट कोरानाको उच्च सतर्कता र तयारी गर्न निर्देशन भए अनुरुप विरेन्द्र सैनिक अस्पतालमा आइसोलेसन बेडको पनि व्यवस्था ।

४९.सैनिक मञ्च टुँडिखेलमा समेत उपचार केन्द्र बनाउने सेनाको तयारी ।

५०.संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ विभिन्न मुलुकमा खटिएका नेपाली सेनाको कोरोना भाइरस विरुद्ध उच्च सर्तकता ।

५१.संयुक्त राष्ट्रसंघको मुख्यालय र नेपाली सैनिक मुख्यालय जङ्गी अड्डाबाट निरन्तर निर्देशन एवं जानकारी आदान–प्रदान भइरहेको जानकारी ।

५२.शान्ति सेनामा खटिएका नेपाली सेनाले सेवारत स्थानमा कोरोना भाइरसबारे स्थानियलाई सचेतना कार्यक्रम सञ्चालन गरेको सेनाको भनाइ ।

५३.विश्वमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण बढेसँगै विभिन्न मुलुकहरुले आ–आप्mनै ढङ्गबाट रोकथाम, सचेतना र उपचारको व्यस्थापन ।

५४.नेपाल पनि कोरोना भाइरसको संक्रमणबाट बच्न राजधानीमा रहेको रिड मोडल सेकेण्डरी स्कूलद्वारा दक्ष स्वास्थ्यकर्मीबाट विद्यार्थीको ज्वरो नाप्नुका साथै सेनिटाजेसन प्रक्रिया शुरु ।

५५.स्कूलले दक्ष स्वास्थ्यकर्मीद्वारा आप्mना विद्यार्थीको दैनिक स्वास्थ्य जॉच गर्दै आएको विद्यालय व्यवस्थापन समितिद्वारा जानकारी ।

५६.विद्यालयले विगत केही दिनदेखि हरेक दिन बिहान विद्यालय आउने विद्यार्थीहरुको ज्वरो नाप्नुका साथै सेनेटाइजरको प्रयोग गर्ने गरेको स्वास्थ्यकर्मी भनाई ।

५७.कपिलवस्तुमा गुडरुङ सिचाइँ योजनाको बाँध निर्माण भएको बर्र्षौ बित्दा समेत नहर निर्माण हुन सकेन ।

५८.वन कार्यालयको अवरोधका कारण नहर निर्माणको काम रोकिँदा किसानहरु सिचाइँ सुविधाबाट बञ्चित ।

५९.नहर निर्माणको काम रोकिँदा कपिलवस्तुका दुविया, बुड्ढी र राजपुर आसपासका किसान वन कार्यालय प्रति आक्रोशित ।

६०.आयोजना वनक्षेत्रमा पर्ने र तोकिएभन्दा बढी रुख कटान गर्नुपर्ने भएकाले पुनः वातावरणीय परीक्षण मूल्यांकन गर्नुपर्ने बन कार्यालयको सर्त ।

६१.खगेन्द्र नजजिवन अस्पताल जोरपाटीको नेपाल अपाङ्ग महासंघको कार्यालयमा लागेको ताला खुल्यो ।

६२.आगामी तीन महीना भित्र गरिने र निर्वाचन तयारीका लागि ९ सदस्यीय निर्वाचन मण्डल स्थापना गरेपछि आन्दोलनका कार्यक्रम स्थगित ।

६३.वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माणको ठप्प ।

६४.दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण थालेको पथलैया–वीरगञ्ज ६ लेनको व्यापारिक मार्गको काम रुखका कारण रोकियो ।

६५.रुख कटानको विवाद नटुंगिएसम्म काम गर्न नदिने निकुञ्जको अडान ।

६६.आयोजना अन्तर्गत १० वटा पुल तर्फ लगभग ५८ प्रतिशत र सडक तर्फ करिब ६२ प्रतिशत काम सम्पन्न भैसकेको व्यापारिक मार्ग आयोजना कार्यालय पथलैयाद्वारा जानकारी ।

६७.सप्तरीमा सञ्चालित सडक तथा नाला निर्माणमा ठेकेदार कम्पनीको मनोमानी ।

६८.निर्माणमा गुणस्तरीयताको सामान्य मापदण्ड समेत प्रयोग नगरिएको स्थानीयको आरोप ।

६९.सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले राजविराज नगरपालिकामा ३५ करोड रुपैयाँको लागतमा सडक तथा नाला थालेको छ निर्माण कार्य ।

७०.भोजपुरको पिखुवा खोलामा पक्की मोटरेवल पुल निर्माण शुरु ।

७१.भोजपुर नगरपालिका वडा नम्बर १२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पुलले दक्षिणी क्षेत्रका स्थानीयलाई आवतजावतमा सहजता ।

७२.पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले तोकिएको मापदण्ड अनुसार पुललाई समयमा सक्ने लक्ष्यका साथ काम भइरहेको जानकारी ।

७३.गाईको संरक्षण हुन नसकेको भन्दै चौतर्फी विरोध भइरहेका बेला पाल्पामा पहिलोपटक गौशला सञ्चालन ।

७४.पाल्पाको रामपुर नगरपालिकाद्वारा छाडा गाईहरुको व्यवस्थापनको लागि जिल्लामै पहिलो पटक गौशाला निर्माण गरी सञ्चालनमा ल्याएको जानकारी ।

७५.रामपुर नगरपालिका वडा नम्बर ६ को चौरमा छाडा गाई बढ्न थालेपछि किसानले पाएको सास्ती र कुटाईबाट गाईले पाएको दुखबाट जोगाउन गौशाला सञ्चालनमा ल्याइएको नगरपालिकाको भनाइ ।

७६.सल्यानमा परेको असिना पानीले कपुरकोट क्षेत्रका सयौँ किसानको बालीनालीमा क्षति ।

७७.बेमौसमी तरकारी खेती गर्दै आएका किसानहरु असिनापानीले बाली नालीमा क्षति पु¥याएपछि चिन्तीत ।

७८.कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा लगाइएको तरकारी, फलफुल र अन्न बालीमा असिनापानीले ठूलो क्षति पु¥याएको कृषकहरुको भनाइ ।

७९.गतवर्ष पनि क्षति व्यहोरेका किसानहरुले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि क्षतिपूर्ति नपाएकोले यसवर्ष केही राहत वितरण गर्ने गाउँपालिकाको भनाइ ।

८०.सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न हाइ अलर्ट गराएसँगै नेपाल धितोपत्र बोर्डले सरोकार सबै पक्षलाई छलफलका लागि बोलायो ।

८१.नेपाल सरकारले हाइ अलर्टको संकेत प्रदान गरेकाले संम्भाबीत क्षती न्युनिकरणका लागि कारोबार रोक्का गर्दा उचित हुने बजार विश्लेषकहरुको भनाई ।

८२.काठमाडौं उपत्यकामा एकाएक पेट्रोलियम पदार्थको माग घट्यो ।

८३.सरकारले बाहिर ननिस्कन भनेपछि इन्धनको मागमा आधा कमी आएको नेपाल आयल निगम थानकोट डिपोको भनाइ ।

८४.बुधबार ११ लाख २५ हजार लिटर तेल बिक्री भएकोमा बिहीबार बिहानसम्म ६ लाख ७५ हजार लिटरमात्र खरिद अर्डर ।

८५.कोरोना भाइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ एनआरएनएले आकस्मिक बैठक बोलायो ।

८६.विपत्तिका लागि दीर्घकालीन गुरु योजना, सचेतना मुलक सामग्री तयार, वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने विषयमा बैठक केन्द्रीत ।

८७.बिहीबार सुनको मूल्य तोलामा एक हजार पाँचसय रुपैयाँले घट्यो, छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार ।

८८.तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा किनबेच, भइरहेको छ । चाँदी प्रतितोला ६ सय असी रुपैयाँमा कारोबार ।

८९.चैत २८ र २९ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा को मिति स¥यो ।
महासंघको ५४ औं साधारणसभा जेठ ७ र ८ गते हुने तय ।

९०.अवैध अन्तर्रा्ष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं नरदेबीमा डेरा गरी बस्ने भारतका प्रशान्त साह पक्राउ ।

९१.१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी तिनथानाबाट ३ जना पक्राउ ।

९२.पक्राउ पर्नेमा दाङका संजय घर्तीमगर, सिन्धुलीका पासाङ तामाङ र रामेछापका कपिल खड्का ।

९३.लमजुङमा दुर्गा दत्त सापकोटाको घरमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

९४.विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ५७ पुग्यो ।

९५.अमेरिकी कंग्रेसका दुई सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि ।

९६.कंग्रेसका प्रतिनिधि मारियो डियाज बलार्ट र बेन म्याक एडाम्स दुवैमा कोभिड नाइन्टिन पोजिटिभ देखिएको हफपोस्टमा उल्लेख ।

९७.सेल्फ क्वारेन्टाइनमा रहेका बलार्टद्वारा ट्वीटरमार्फत सबैलाई सचेत रहन आग्रह ।

९८.भारतबिरुद्वको क्रिकेट सिरिज रद्व भएर घर फर्किएका दक्षिण अफ्रिकाका क्रिकेटर क्वारेन्टाईनमा बस्नुपर्ने बाध्यता ।

९९.दक्षिण अफ्रिकाका मुख्य चिकित्सक अधिकारी सोएब मान्जराले सबै खेलाडी कम्तिमा १४ दिन अलग राखिँदै ।

१००.यदि कसैलाई कुनै प्रकारको लक्षण देखिएमा वा अन्य भएको खण्डमा उनीहरुको सही तरिकाले पीिक्षण गरिने सुनिश्चित गरिएको जानकारी ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…