किशोरीकाे हत्या गरी खाल्डोमा पुर्ने पक्राउ

भगीरथ भण्डारी
इलाम । १७ वर्षीया किशोरीलाई हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्यागरी  बारीमा पुरिएको अवस्थामा फेला परेकी १७ वर्षीया आकृति राईकोे हत्यारा स्थानीय रोशन राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

रोशन राईले करणी गरी हत्या गरेको अनुसन्धानबाट खुलेका प्रहरी उपनिरिक्षक हिरा बहादुर पाण्डेले बताउनुभएको छ । रोशनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । किशोरीलाई राईले जवरजस्ती करणी पछि ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको र तरुल खनेका खाल्डोमा हालेर पुरेको अुनसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

किशोरीले आफूलाई जवरजस्ती गरेको कुरा घरमा भन्दिन्छु भनेपछि पोल खुल्ने डरले राईले उनको हत्या गरेको प्रहरीले जनाएको छ । ज्योती माविमा अध्ययनरत किशोरी मंगलबार कक्षा ११ को परिक्षा दिन विद्यालय हिँडेपनि विद्यालय नपुगेपछि उनको खोजी गरिएको थियो । खोजिको क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…