दुई शिशुको मृत्यु, कोरोना टोली परिचालित

बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई शिशुको मृत्यु भएको छ । वडा नम्बर २ पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाकी छोरी डम्मकला विकको अज्ञात रोगबाट मृत्यु भएको भएको  हाे ।

खम्वीरसिंह थापाको छोराको चैत ५ गते र डम्मरकला विकको छोरा चैत ३ गते दिन मृत्यु भएको हो । अहिले गाउँपालिकाको वडा नम्बर १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी छन् । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिनुभयो ।  स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिनुभयो । पन्तका अनुसार ती टाउँमा कोरोना भाइरसविरुद्धको स्वास्थ्यकर्मी टोली समेत पठाइएको छ ।

यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् । गएको माघमा ती ठाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो । गाउँमा बिरामीको संक्रमण धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिनुभयो । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसकेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुइनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र साढे २ घण्टाको पैदल दूरीमा पर्छ । प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि संक्रमणा फैलिएको खबर प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।