कोरोनाको त्रासले ‘पुनहिल’ सुनसान

शिब बोहोरा
म्याग्दी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल सुनसान बनेको छ । विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग अन्तरगत पर्ने घोडेपानी र पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन कोरोना भाइरसका कारण ह्वात्तै घटेको हो ।

जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये ६५ प्रतिशत पर्यटकको हिस्सा ओगट्ने गरेको घोडेपानी–पुनहिल क्षेत्रमा कोरोना भाइरसको त्रासले अहिले मुस्किलले २०÷२५ जना पर्यटक समेत देखिन छोडेको होटल स्नो भ्युका सञ्चालक टेकसर बुदुजाले बताउनुभएको छ ।

विगतका बर्षमा चैत्र महिनामा दैनिक ४ सयको हाराहारीमा विदेशी पर्यटक घोडेपानी क्षेत्रमा प्रवेश गर्ने गरेको भएपनि यसवर्ष बैशाख, जेठ महिनामा समेत पर्यटकको आगमन निराशजनक हुने पर्यटन व्यावसायीको भनाई छ ।

समुन्द्री सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिल अन्नपुर्ण पदमार्ग अन्र्तरगत धेरै पर्यटकको आकर्षक गन्तव्य मानिन्छ । मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी, वनस्पतीको साथै सुर्योदयको अवलोकन र स्थानिय कला तथा मगर नृत्य पर्यटकका प्रमुख आकर्र्षण मानिन्छन् ।

यसैबीच जिल्लाको पश्चिम क्षेत्रमा पर्ने राउण्ड धौलागिरी लगायतका पर्यटक चहलपहल हुने क्षेत्र समेत सुनसान छ । म्याग्दीमा वर्षनी ५० हजारको हाराहारीमा पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।