Logo माघ १२, २०७७ सोमबार


यसरी घरमै बनाउन सकिन्छ सेनिटाइजर

मिलन राई
विश्व यतिबेला कोरोना भाइरस संक्रमणले आतंकित भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म करिब २ लाख २० हजार भन्दा बढी कोरोनाको चपेटामा परिसकेका छन् । यतिबेला बजारमा मास्क र सेनिटाइजरको अभाव सिर्जना भएको साथसाथै मास्क र सेनिटाइजरको अभाव सिर्जना गराएर मनग्गे नाफा कमाउने कालाबजारीहरु पनि मौलाएका छन् । करिब ३ सय रुपैयाँमा पाइने आधा लिटर सेनिटाइजर बजारमा १२ सय देखि १४ सयसम्म बजारमा बिक्री भइरहेको छ ।

तर तरिका जान्ने हो भने हामीले घरमा नै प्राकृतिक तरिकाले ह्यान्ट सेनिटाइजर बनाउन सक्छौ । र यो तरिका बजारमा पाइने अरु सेनिटाइजर भन्दा सुरक्षित पनि छ । किन भने बजारमा पाइने सेनिटाइजर स्प्रिट, अल्कोहल र बिषादीको प्रयोगबाट बनाइन्छ । त्यो स्वास्थ्यको लागि हानिकारक हुन्छ । हामीले घरमा नै बनाएको सेनिटाइजर बजारमा पाइने सेनिटाइजर भन्दा सस्तो पनि पर्न जान्छ । आउनुहोस् घर मैे सेनिटाइजर बनाउने तरिका जानि राखौ ।

घरमै सेनिटाइजर बनाउन सर्व प्रथम हामीलाई घ्यूकुमारीको जेल आवश्यक पर्छ, त्याे हामी फेसवासको रुपमा बजारमा सजिलै प्राप्त गर्न सक्छौं । घ्यूकुमारीको जेलको प्रयोगले छालाको सुरक्षा गर्छ । छालालाई मुलायम बनाउन पनि मदत गर्छ । घ्यूकुमारीको जेल दुई चिया चम्चा राख्ने । त्यसपछि हामीलाई स्याउको भेनिगर (एप्पल साइडर भेनिगर ) आवश्यक पर्छ , जुन हामीले सुपर मार्केटमा सजिलै पाउन सक्छौं । सेनिटाइजर भएको कारण किटनाशक हुनु आवश्यक छ । यो भेनिगरले किटाणु नाश गर्छ । भेनिगरमा पोलिक एसिड, भिटामिन सी हुन्छ ।

भेनिगरको आधा चिया चम्चा भेनिगर घ्यूकुमारीको जेलमा मिसाउनु पर्छ । त्यसपछि हामीलाई आवश्यक पर्छ गुलाब जल । एक चम्चा गुलाबजल त्यसमा मिसाउनुहोस् । त्यसपछि हामीलाई आवश्क पर्छ लेभेन्डर फूलको तेल, त्यो हामी डिपार्टमेन्ट स्टोर वा कस्मेटिक पसलमा पाउन सक्छौं या त अनलाइन अर्डर गरेर पनि मगाउन सक्छौ । यसमा इन्फेक्सन हुन नदिने तत्व हुन्छ । साथै छालाको लागि पनि यो अति उपयुक्त मानिन्छ । यो निकै कडा हुने भएकोले दुइदेखि तीन थोपा मात्र मिश्रणमा मिसाउनुहोस् । माथि उल्लेखित सामाग्री मात्रा मिसाएर राम्रोसँग घोल्नुहोस् । अब तयार भयो तपाईको घर मै सेनिटाइजर । पूर्णतय प्राकृतिक सामाग्रीको प्रयोग भएका कारण यो सेनिटाइजरको कुनै पनि साइडइफेक्ट हुदैन । साथै यो सस्तो पनि पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…

काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयका कारण राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा भने विभाजित हुने प्रक्रिया…

काठमाडौं । आइतवार जनतासमाचार डट्कम मा भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग, नेकपाको साबिककै विवरण कायम राख्ने निर्वाचन आयोगको…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

राजनीतिक लाभ पाइनेछ । व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ ।