करार कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । निगमले करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिने निर्णय गरेको हो। करार सेवामा रहेका १५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको निगमले जानकारी दिएको छ । निगमकाअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो ।

यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ । निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागू हुने गरी स्थगित गरेको छ । उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुलाई टिकटको पुरै रकम उपलब्ध गराइने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।