काेराेनाविरूद्ध लड्न फिफाकाे १० मिलियन डलर सहयाेग

काठमाडाैं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ । फिफाले कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग र्पुयाउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत बताएका छन् । यस्तै फिफाले युरोकप फुटबल र कोपा अमेरिका फुटबल स्थगित गर्ने निर्णयलाई समेत स्वीकृत गरेको छ ।

चीनबाट फैलिएको कोरोनाका कारण विश्वभर हजारौं मानिसको मृत्यु भईसकेको छ । यस्तै लाखौ मानिस संक्रमित भएको छ । कोरोनाको कारण फुटबल खेलाडी तथा प्रशिक्षक समेत संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…