काठमाडौं । कोरोना भाइरसले विश्वलाई सन्त्रस्त पारेको छ । विश्वलाई हल्लाउने अमेरिका आफै यतिबेला कोरोनाबाट हल्लीएको छ । चीनले त सामना गर्यो । तर, छिमेकी मुलुक भएपनि नेपाल सुरक्षित छ । यहाँ कोरोना भित्रिएकै छैन र संक्रमित पनि छैनन् । हालसम्म जति पनि परीक्षण भएका छन्, कसैमा पनि कोरोना देखिएको छैन । नेपाल र नेपालीले कोरोनासँग अपनाएको सचेतताले हामी अहिलेसम्म सुरक्षित छौँ । सरकारले भनिरह्यो, आत्तिनु पर्दैन् । तर शुक्रबार साँझ प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै मुलुकमा अत्यावश्वक बाहेकका सर्बै सेवा चैत ९ देखि २१ गतेसम्मको लागि बन्द हुने घोषणा गर्नुभएको छ । १० गतेदेखि लामो दूरीको सार्वजनिक यातायात समेत बन्द हुनेछन् । चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्रास्टिय हवाई उडान समेत स्थगति गरिने भएको छ । एसइइ, विश्वविद्यालय र लोकसेवा परीक्षा यसअघि नै स्थगित भइसकेको छ ।
बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयको पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गरिएका छन् । आम नागरिकलाई अत्यावश्यक बाहेक हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ । सरकारले डान्सबार, सिनेमाहल, मनोरञ्जन स्थल, क्लब ३० अप्रिलसम्मका लागि बन्द गर्न भनिसकेको छ । सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रु राख्नुअघि सवारी साधनलाई संक्रमणरहित गर्नुपर्ने, सर्वसाधारणलाई भीडभाडमा यात्रा नगर्न अनुरोध गरेको छ । उपभोग्य सामग्रीको कृत्रिम अभाव बनाई कालोबजारी र मिसावट गर्नेगराउनेलाई तत्कालै कारबाही गरिने जनाएको छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचार सहज रुपमा उपलब्ध गराउने भनेको छ । बुधबारसम्म ५ सय ३० जनाको नमूना संकलन गरेर जाँच गरेका १८ वटै नमुनाको रिपोर्ट नेगेटिभ आएकाले कोरोना नभएको स्पष्ट छ । तर, सतर्कता पनि उत्तिकै आवश्यक छ ।
विश्वभर तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस हालसम्म १ सय सतसठ्ठी मुलुकमा फैलिएको छ । विश्वभर २ लाख ७ हजार ८ सय ६० जना संक्रमित छन् । ८ हजार ६ सय ५७ को ज्यानै गइसक्यो । यस्तै, ८२ हजार ७ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मानव वस्ती नै नभएको अन्टार्टिका महादेश बाहेक सबै महादेशमा कोरोना भाइरस पुगिसकेको छ । अझ युरोपलाई कोरोना भाइरसको केन्द्रविन्दु मानिएको छ । तर, सरकार जागेपछि अहिले सर्वसाधारणमा आस पलाएको छ ।
विश्वका ५० देशमा कोरोना छैन । जसमा एसियाका ८ देश उत्तर कोरिया, यमन, तुर्कमेनिस्तान, सिरिया, पूर्वी टिमोर, लाओस, ताजकिस्तान, म्यानमार छन् । अफ्रिकाका २१ देश बोत्सवाना, बुरुण्डी, केप भर्दे, चाड, कोमोरोस, जिबौटी, इरेट्रिया, गिनी बिसाउ, लेसोथो, लिबिया, मदागस्कर, मलावी, माली, मौरिसस, मोजाम्बिक, साओ टोमे एण्ड प्रिन्सिपे, सिएरा लियोन, निजेर, जाम्बिया, युगान्डा, जिम्बाब्वे छन् । यस्तै, अष्ट्रेलिया र प्रशान्त क्षेत्र १४ देश र उत्तर अमेररिकाका ७ देशमा भने कोरोनाको प्रभाव देखिएको छैन् । युरोपको इटली, स्पेन, जर्मनी र फ्रान्स लगातका मुलुकमा कोरोना भाइरसका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । अष्ट्रेलिया र दक्षिण प्रशान्त क्षेत्रका केही टापु मुलुकमा कोरोना प्रभाव देखिएको छैन । तर, अष्ट्रेलियामै ५ सय ६५ जनामा संक्रमण पुष्टि भएर ६ जनाको ज्यान गइसकेको छ । यसले नेपालमा पनि समस्या नहोला भन्न सकिदैन् । हामी पनि सचेत बनौँ
यो पनि सुन्नुस्https://www.youtube.com/watch?v=DVQf5_xBW6s