कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किने अवैध बाटो प्रयोग गर्दै

इलाम । कोरोना भाइरस संक्रमणकोे त्रास बढेसँगै भारतको कोरोना प्रभावित क्षेत्रबाट नेपाली फर्कन थालेका छन् । भारतमा काम गर्न गएका नेपाली नेपाल फर्किने क्रममा अवैध बाटोबाट भित्रिन थालेको पाइएको छ ।

इलामको रोङ गाउँपालिकाकी उपप्रमुख चन्दकला राईले रोङ गाउँपालिकाको सलकपुर लगायतका क्षेत्रबाट काम गर्न भारत गएका व्यक्ति भाइरसको महामारी फैलिएसँगै नेपाल फर्किन थालेका छन् । राईका अनुसार भारत बाट नेपाल आउने १५ जना भन्दा बढी नेपाली जाँचको लागि तीनदिन सम्म लाइनमा रहेको र लाइनमा बस्नुपर्ने र त्यसपछि क्वारेनटाइनमा बस्नेपर्ने भएपछि सिमानाको जुनसुकै बाटो प्रयोग गरेर नेपाल आउने गरेको पाइएको छ । भारतसँग जोडिएको खुल्ला सिमाना रहेकोले पनि जो कोहि जुनसुकै बेला नेपाल प्रवेश गर्ने भएकाले यसलाई व्यवस्थीत बनाउनुपर्ने सरोकारवालाको माग रहेको छ ।

भारत गएका नेपाली त्यहाँ कोरोनाको संक्रमण बढ्दै गएकाले धमाधम नेपाल फर्किन थालेपछि इलाम कोरोनाको संक्रमण भित्रन नदिन तयारी थालिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य जाँचको व्यवस्था भएको बैध नाकाबाट मात्रै मुलुक प्रवेश गर्न आह्वान गरेको छ । बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको परिचालन गरेर अवैध नाकाबाट आउनलाई स्वास्थ्य जाँच भएको नाकाबाट नेपाल भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…