‘मधेसले स्वाभिमानसहितकाे पहिचान खाेजेकाे छ’

मधेशमा थारु जाती मात्रै त्यहाँको आदिबासी

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा प्रदेश २ का सचिव सुमन प्याकुरेलले प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम जनसम्बादमा नेता प्याकुरेलले नेकपाले चाहेको दिन प्रदेश २ मा राजपासँग मिलेर सरकार गठन गर्ने बताउनुभयो । अहिले त्यहाँ समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार छ ।

राष्ट्रियसभाको निर्वाचनपछि प्रदेश २ मा नेकपा र राजपाबीच लगन गाँठो कस्सिदै गएको र कुनैपनि बेला त्यहाँ नयाँ सरकार बन्ने नेता प्याकुरेलको भनाइ छ ।

तराई–मधेशले पहिचानसहितको स्वाभिमान खोजेको तर काठमााडैंका शासकले त्यसलाई बुझ्न नसकेका कारण त्यहाँ समस्या भएको उल्लेख गर्दै त्यसलाई चिर्न कम्युनिष्टले मात्रै सक्ने उहाँको भनाइ छ । मधेश आन्दोलनबाट उदाएका समाजवादी र राजपा सामन्तवादका उत्तराधिकारी भएको समेत प्याकुरेलको आरोप छ । मधेशमा थारु जाती मात्रै त्यहाँको आदिबासी भएको उल्लेख गर्दै उहाँले अहिले आफूलाई मधेशवादी दाबी गर्ने मधेशी समुदाय र पहाडे समुदाय त्यहाँ एकैचोटी प्रवेश गरेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…