काेराेना त्रास : जिल्ला प्रवेश नाकामा हेल्थ डेस्क स्थापना

लमजुङ ।  विश्वव्यापी समस्याको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै लमजुङ प्रवेश गर्ने तिनवटा नाकामा हेल्थडेस्क स्थापना गरिएको छ ।

संक्रमित व्यक्ति जिल्ला प्रवेश गरेमा कोरोना फैलिन सक्ने सम्भावना भएकोले हेल्थ डेस्क स्थापना गरिएको स्थानिय प्रशासनले जनाएको छ ।

यसअघि जिल्लास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसी सम्वन्धित स्थानीय तहको समन्वयमा कोरोना चेकजाँच गर्न जिल्लाको मुख्य नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भए बमोजिम सुन्दरवजार नगरपालिकाको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मध्यनेपालकै रामबजारमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

बाहिरी जिल्लाबाट प्रवेश गर्ने जो कोहिलाई पनि हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गरेर मात्र जिल्ला प्रवेश गराउन थालिएको छ । स्वास्थ्य जाँचको क्रममा कोरोना भाईरस सम्वन्धी लक्षण भेटिएमा तत्काल जिल्ला अस्पताल रिफर गर्ने गरी चेकजाँचलाई कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।