शनिबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अपील ।

२.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाको आग्रह ।

३.नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि जोखिमबाट भने मुक्त नरहेको भनाइ ।

४.सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ संस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आग्रह ।

५.आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयमसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको जानकारी ।

६.कोरोना भाइरसविरुद्धको लडाईमा सरकारसँगै रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भनाइ ।

७.कोरोनाविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने कांग्रेसको प्रतिबद्धता ।

८.यस्तो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको कांग्रेसको ठहर ।

९.कोरोनाविरुद्धको लडाईँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्नेमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ ।

१०.पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरिएको शर्माद्वारा जानकारी ।

११.फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको र कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने शर्माको भनाइ ।

१२.नर्भिक इन्टरनेसनल हस्पिटलमा कोरोना भाइरस संक्रमित भेटिएको खबर सत्य नभएको भन्दै अस्पतालद्वारा खण्डन ।

१३.अस्पताल प्रशासनद्वारा प्रेस विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालमा कोरोनाका ७ जना संक्रमित भेटिएको भनी सामाजिक सञ्जालमा अडियोमार्फत् आएको खबर भ्रामक भएको स्पष्ट ।

१४.नर्भिकमा अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेको र त्यस्ता भ्रामक खबर फैलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न अस्पतालको माग ।

१५.कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ ।

१६.रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई शनिबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा जानकारी ।

१७.थापामगरले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए अडियो सन्देश ।

१८.कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुको अपील ।

१९.संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुद्वारा सम्पूर्ण नागरिकहरुलाई आग्रह ।

२०.सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा नेकपा वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालको जोड ।

२१.जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरबारे सरकारलाई जानकारी गराउने विषयमा पनि छलफल भएको नेता नेपालद्वारा जानकारी ।

२२.सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउन आग्रह गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका सांसद गगन थापाको भनाइ ।

२३.कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको सांसदहरुको भनाइ ।

२४.कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखिनै सम्बोधन गर्नुपर्नेमा सांसदहरुको जोड ।

२५.पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा स्थगित ।

२६.कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरिएको जानकारी ।

२७.सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित गरिएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी ।

२८.कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम ।

२९.नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था मिलाइएको कोषको भनाइ ।

३०.मन्दिर परिसरमा ठाँउठाँउमा स्यानिटाइजर र हात धुने व्यवस्था पनि मिलाइएको जानकारी ।

३१.कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जघन्य अपराधका आरोपी बाहेकका थुनुवालाई रिहा गर्ने सरकारको तयारी ।

३२.कैदीबन्दी रिहाइका लागि महान्यायाधिवक्ताको कार्यालयद्वारा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग छलफल ।

३३.लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल ।

३४.प्रचलित कानूनबमोजिम दिनसकिने सहूलियत वा छुट दिनेबारे गृहमन्त्रालयद्वारा पनि परामर्श शुरु ।

३५.कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको निर्णयसँगै उपत्यकाबाट वाहिरिने यात्रु र सवारी साधानको चाप बढ्दो ।

३६.उपत्यकाको विभिन्न पॉच नाका भएर जिल्ला जाने सवारी साधन र यात्रुको संख्यामा बृद्धि ।

३७.विगत २४ घण्टामा काठमाडौका विभिन्न पॉच नाका भएर १४ हजार ७ सय ५७ वटा साना–ठूला सवारी साधनबाट ७३ हजार ३ सय ११ जना यात्रु भित्रिएको तथ्यांक ।

३८.३० हजार १ सय ५ सवारी साधरबाट १ लाख ३० हजार ८ सय २२ यात्रु उपत्यकाबाट बाहिरीएको महानगरीय ट्राफिक महाशाखाद्वारा जानकारी ।

३९.विगत केही दिन यता काठमाडौ उपत्यका भित्रने भन्दा बाहिरीने सवारी साधन र यात्रुको संख्यामा बृद्धि भएको महाशाखाको भनाइ ।

४०.पश्चिमी सीमा कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट फर्कनेहरूको लर्को ।

४१.भारतका विभिन्न क्षेत्रमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि रोजगारी तथा अन्य कामका लागि भारत गएका नेपालीहरु डरले फर्कँदै ।

४२.विगत लामो समयदेखी भारतमै रोजगारी गरिरहेका नेपालीहरु पनि स्वदेश फर्कन थाले ।

४३.यात्रुहरुको चाप बढे संगै भित्रिनेहरुको स्वाथ्य परिक्षणका लागि नेपाली सेनाको स्वाथ्यकर्मीको टोली खटिँदै ।

४४.प्रदेश सरकारद्वारा पनि भारतसँग सिमा जोडिएका जिल्लामध्ये कैलाली र कञ्चनपुरलाई बिशेष निगरानीमा राखेर हेल्थ डेस्क सञ्चालन ।

४५.सिमानामा थप कडाइ गरिनुका साथै भारतीय नम्बर प्लेटका सवारी साधनलाई नेपाल प्रवेशमा रोक ।

४६.विश्वव्यापी समस्याको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै लमजुङ प्रवेश गर्ने तिनवटा नाकामा हेल्थडेस्क स्थापना ।

४७.संक्रमित व्यक्ती जिल्ला प्रवेश गरेमा कोरोना फैलिन सक्ने सम्भावना भएकोले हेल्थडेस्क स्थापना गरिएको स्थानिय प्रशासनको भनाइ ।

४८.बाहिरी जिल्लाबाट प्रवेश गर्ने जो कोहिलाई पनि हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गरेर मात्र जिल्ला प्रवेश गराउन थालिएको प्रशासनद्वारा जानकारी ।

४९.स्वास्थ्य जाँचको क्रममा कोरोना भाईरस सम्वन्धी लक्षण भेटिएमा तत्काल जिल्ला अस्पताल रिफर गर्ने गरी चेकजाँचलाई कडाई ।

५०.नेपाललाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षति राख्न विभिन्न छिमेकी मित्रराष्ट्रहरुद्वारा सहयोगको प्रतिबद्धता ।

५१.कोरोना भाइरससँग लड्न पूर्वतयारीका लागि आवश्यक सहयोगको माग भएमा तत्काल सहयोग गर्न चीन तयार ।

५२.चीन सरकारको आग्रह अनुसार स्वास्थ्य मन्त्रालयमार्फत केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी ।

५३.कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशंकरबीच पनि टेलिफोन वार्ता ।

५४.वार्तामा भारतले कोरोना विरूद्ध लड्न ¥यापिड रेस्पोन्स टिम सहितको सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्रको भनाइ ।

५५.नेपाललाई कोरोनाविरूद्धको तयारीका लागि १३ करोड अनुदान सहयोग उपलब्ध गराउने जर्मनी सरकारको प्रतिबद्धता ।

५६.साताभर नेप्से परिसूचक १ सय ७ लशमलव ८ ,८ अंक घटेर १२ सय ६९ दशमलव ३ शुन्य विन्दुमा बन्द ।

५७.बजार घटेसँगै लगानीकर्ताहरुले यो साता १ खर्ब ३७ अर्ब रुपैयाँ गुमाए ।

५८.यो साता बजारमा १ सय ८६ कम्पनीको ८ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार ।

५९.विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपाली सेयर बजारमा परेकोले बजार ओरालो लागको विश्लेषण ।
६०.रसुवामा निर्माणधिन साञ्जेन जलविद्युत आयोजनाको पौने चार किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न ।

६१.४२ दशमलव ५ मेगावट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थु्र ।

६२.आयोजनाले आगामी २०७७ साल कार्तिकदेखि उत्पादन कार्य सुरु गर्ने ।

६३.कुल ३ हजार ६ सय ५० मिटर लामो सुरुङको खन्ने काम सकियो ।

६४.आयोजनाको बाँध क्षेत्रमा साइफन पाइप हाल्ने काम समेत अन्तिम चरणमा ।
६५.इटहरीको क्षेत्रमा पर्ने सेहरा खोलाको भागबाट ढुङ्गा, बालुवा उत्खनन् गर्न ठेक्का लिएको पाथीभरा कन्स्ट्रक्सनद्वारा अवैध उत्खनन् ।

६६.धरान क्षेत्रबाट २८ हजार ९ सय ३ घनमिटर क्षेत्रफलमा अवैध रुपमा उत्खनन् गर्दै ।

६७.कुनै पनि खोलाजन्य वस्तु उत्खनन नगर्ने भन्दै नगरपालिकाकाले ठेक्का नलगाउँदा पनि ठेकेदारको मनोमानी ।

६८.इटहरी क्षेत्रमा ढुङ्गा, गिटी नपाए पछि धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको ठेकेदारको स्वीकारोक्ति ।

६९.क्षेत्र मिचेर उत्खनन् गरिरहेको पाइएपछि नगरपालिकाबाट गएको अनुगमन टोलीद्वारा ३ वटा ट्रिपर र एउटा ट्याक्टर लियो नियन्त्रणमा ।

७०.जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै अएता पनि प्रभावकारिता भएन ।

७१.बाँकेमा फागुन महिनामा मात्र चालकको लापरबाहीका कारण भएको १४ दुर्घटना ७ जनाको मृत्यु ।

७२.कलिला युवाहरु चालक हुनु, लाइसेन्स बितरणमा लापरबाहि गरिनु, टिप्पर चालकहरु तिब्र गतिमा चलाउनु दुर्घटनाको प्रमुख कारण भएको सर्वसाधारणको भनाइ ।

७३.आगामाी दिनहरुमा सचेतनाका साथै कारबाहि लाई पनि अगाडी बढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा जानकारी ।

७४.बाँके जिल्लामा यो आर्थिक बर्षको फागुन समान्तसम्ममा ४८ जनाको मृत्यु भइसकेको तथ्यांक ।

७५.राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्र्तगत लमजुङका चार स्थानिय तहमा पहिलो चरणको अभियान शुरु ।

७६.शनिवारदेखि १६ गतेसम्म बेसीशहर, सुन्दरवजार, दोर्दी र मस्र्याङदी गाउँपालिकाका वालवालिकालाई खोप लगाइँदै ।

७७.२१ देखि ३० गतेसम्म मध्यनेपाल, राईनास, क्होलासोँथार र दुधपोखरी गाउँपालिकामा दोस्रो चरण खोप अभियान सञ्चालन हुने ।

७८.अभियानका क्रममा जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका १४ हजार चारसय १८ बालबालिकलाई दादुरा रुवेला विरुद्ध खोप लगाउने लक्ष्य ।

७९.अभियानमा तीनसय २५ स्वास्थ्यकर्मी, १२ सय ६० स्वास्थ्य स्वयंसेविका र ६ सय ३० खोप केन्द्र कायम ।

८०.काँकरभिट्टा लागुऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै ।

८१.लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या बढ्दै गएपछि काँकरभिट्टा नाका लागूऔषध कारोबारीका लागी सुरक्षित बन्दै ।

८२.केहीवर्ष अघि गाँजा र विभिन्न प्रकारका इन्जेक्सन मात्र प्रहरीले पक्राउ गर्ने गरेकोमा पछिल्लो समय ब्राउन सुगर, हेराइन, ‘आइस ड्रग्स’ जस्ता लागु औषधसमेत भित्र्न थाले ।

८३.लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका अनुसार ८ महिनाको अवधिमा विभिन्न २९ घटनामा ४५ जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता ।

८४.पूर्वी नाकाबाट भित्रिएको लागू पदार्थ पूर्वका विभिन्न सहर अनि काठमाडौ र पोखरासम्म पुग्ने गरेको खुलाशा ।

८५.पर्वतको कुश्मा–बलेवामा निर्माणाधिन बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको भिड ।

८६.औपचारीक रुपमा ब्यवसायिक तरीकाले बैशाख १ गतेबाट बन्जीको शुरुवात गर्ने तयारी ।

८७.नेपाल पुलिसको असई पोष्टमा रहेका १ सय २५ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेको लगानीकर्ता युबराज जोशिद्धारा जानकारी ।

८८.युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन भएको हो शुरु ।

८९.कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु ।

९०.हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुद्वारा जानकारी ।

९१.इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार भन्दा बढी ।

९२.कोरोनाको संक्रमणबाट संसारभर करिब एघार हजारको मृत्यु, दुई लाख मानिसमा संक्रमण भएको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक ।

९३.कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको पनि विश्व स्वास्थ्य संगठन डब्लुएचओको स्पष्टोक्ति ।

९४.अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि ।

९५.ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख ।

९६.कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता ।

९७.कोरोनाका कारण अमेरिकामा हालसम्म २ सय ७५ जनाको मृत्यु हुनुका साथै १९ हजार ७ सय ७३ मा संक्रमण भएको तथ्यांक ।

९८.आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार छलफल गर्ने ।

९९.बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने गरेको छ तयारी ।

१००.मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने बीसीसीआईद्वारा जानकारी ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…