डिष्टिलरीले फालेको आगोसहितको खरानीमा जलेर बालकको मृत्यु

सिरहा। सिरहाको गोलनजार नगरपालिका ९ मा रहेको सारदा डिष्टिलरी प्रा।लि। ले फालेको आगोसहितको खरानीमा जलेर एक बालकको मृत्यु भएको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ फूलवरी घर भई हाल गोलबजार नपा ९ घुर्मि वेरियरमा बस्दै आएका उवरास साह तेलीका ८ वर्षिय छोरा सोहन साहको मृत्यु भएको हो ।

घर नजीकैको खेतमा साथीहरुसँग खेलीरहेको बेला डिष्टिलरीले फालेको आगो सहितको खरानीमा लड्दा जलेर घाइते भएको सँगै भैसिचराई रहेका स्थानीय भोला यादवले बताए । घाइते सोहनलाई उपचारको लागि तत्काल विराटनगर पुर्याएपनि थप उपचारको काडमाडौं पुर्याएका थिए । उनको उपचारकै क्रममा ६ दिनपछि शुक्रवार राती मृत्यु भएको रोहनका बुवा उवरासले जानकारी दिनुभयो।

सोहन उवरासका जेठा छोरा हुन् । उनी स्थानीय नीनि विद्यालयमा कक्षा १ मा पढ्दै गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु जयसवालले घटनाकै दिनदेखि हामीले उद्योगसँग सम्वन्वय गरिरहेको जानकारी दिनुभयो । जयसवालले भने, ‘हामीले घटना भएकै दिनदेखि उद्योगसँग समन्वय गरिररहेका थियौं, अव मृत्यु नै भईसकेको छ, उद्योगबाट आगो सहितको खरानी त्यहाँसम्म कसरी आईपुग्यो हामी त्यसको पनि अनुसन्धान गरिरहेका छौं ।

यता स्थानीयले भने डिष्टलरीबाट निस्कने दुर्षीत पानी जथाभावी छोड्ने, खरानी तथा अन्य फोहरहरु पनि जथाभावी फाल्ने गरेको बताएको छ । डिष्टिलरीको भट्टिबाट निस्केको आगो सहितको खरानी वस्ती नजीकै कुनै घेरबार विनै फाल्ने गरेको छ ।
यस अघिपनि वस्तुभाउ आगोमा जल्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना नदेखिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास…

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…