काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले आइतबार पनि कोरोना भाइरस सम्बन्धी समाचारलाई नै प्राथमिकता दिएका छन् । छिमेकी मुलुक भारतमा रोजगारीको शिलशिलामा रहेका नेपाली कोरोनाको कारण घर फर्कँदैछन् । सीमा नाकामा यतिखेर घरफर्कनेहरुको लर्को नै लागेको छ । त्यसलाई प्राय जसो पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् । पत्रपत्रिकामा त्यसको अलवा कोरोनासँग सम्बन्धित विभिन्न पक्ष फरक फरक शीर्षकमा प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निर्देशन अवज्ञा गर्नेलाई जियन्त्रणमा लिएरै कोरोना रोकथाको लासग पहल गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा हालसम्म भएका गतिसवधिको समीक्षा गर्दै शनिबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले त्यस्तो निणर्य गरेको हो । कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले मन्त्री संयोजक रहेको ६ कार्यदल समेत गठन गरेको छ ।
नागरिक दैनिक– छिमकी मुलुकसहित विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भारतका विभिन्न शहरमा मजदुरी गरिरहेका नेपाली केही दिन यता घर फर्कने क्रम बढेको छ । कैलालीको धनगढीसिथत त्रिनगर र कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ १० हजार भन्दा बढी नेपाली भित्रिएका छन् । शनिबार २० हजार भन्दा बढी भित्रिएका छन् । त्यसैगरी बाँके नेपालगंजको जमुनाह, रुपन्देही भैरहवाको बेलहिया लगायतका नाकामा पनि घर फर्कने नेपालीको लर्को लागेको छ ।
कान्तिपुर दैनिक– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएका देशबाट थाई एयर र एयर इन्डियाले शनिबार ६४ नेपालीलाई काठमाडौं ल्याएका छन् । सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई बेवास्ता गर्दै ती एयर लाइन्सले जापान, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतबाट ६ महिलासहित ६४ नेपाली ल्याएका हुन् ।
राजधानी दैनिक– सरकारले अथतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिहेको छ ।
कारोबार दैनिक– नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देशको अर्थ व्यवस्थामा पारेको असरलाई समेट्न सरकार र निजी क्षेत्र राहत प्याकेजमा जुटेका छन् । निजी क्षेत्रले पनि अर्थव्यवस्था तथा उद्योग व्यवसायमा परेको असरबारे अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई सुझाव दिन गृहकार्य गरेका छन् ।
नयाँ पत्रिका दैनिक– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले उच्च सर्तकर्ता अपनाए पनि उपचारको लागि पर्याप्त तयारी नगरेको भन्दै आलोचना भइरहेको बेला शैक्षिक संस्थालाई क्वारेन्टाइनस्थल बनाउन सुझाव आउन थालेको छ । विद्यालय तथा क्याम्पस बन्द रहेको र परीक्षा समेत स्थगित भएपछि आवश्यक परेमा शैक्षिक संस्थालाई क्वारेन्टाइन बनाउन उपयुक्त हुने विभिन्न छलफल तथा सामाजिक सञ्जालमा सुझाव आउन थालेको छ ।
अन्नपूर्ण पोष्ट दैनिक– कोरोना भाइरस (कोभिड– १९) को कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले स्वदेशमै रोजगारी दिने भएको छ । विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारी दिने सरकारको योजना छ ।