शीर्ष नेता सेल्फ आइसोलेसनमा

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण राजनैतिक दलले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । पार्टीका प्राय नेता घरमै सेल्फ आइसोलेसनमा बस्न थालेका छन् । नेताले भेटघाट बन्द गर्नुका साथै कारोनाबाट बच्ने उपाय अपनाउन थालेका छन् ।

नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन् । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । प्रम ओली कारोनाप्रति सचेत हुनुहुन्छ र अरुलाई सचेत रहन आग्रह गर्नुहुन्छ । त्यस्तै नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनदेखि घरबाट निस्कनुभएको छैन ।

नेता तथा कार्यकर्तासँग कममात्र भेटघाट गरेका छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कारोना भाइरस संक्रमणका कारण अध्यक्ष प्रचण्डले आफ्ना सम्पूर्ण रानीतिक कार्यक्रम तथा भेटघाट कार्यक्रम स्थगित गर्नुभएको छ । त्यसैगरि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गर्नुभएको छ । उहाँ तीन दिनदेखि घरमै हुनुहुन्छ । भेटघाट गर्न आउनेलाई पनि कारोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।