सिमानामा कडाई, भारतबाट आएका जन्ती समेत चेकजाँच

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीको सिमानाकामा कडाई गरिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको कोरोना भाइरसवारे सम्बोधनलाई मध्यनजर गरी शनिबारदेखि सीमामा कडाई गरिएको हो । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट बच्नको लागि पूर्व तयारीका साथ सिमामा कडाई गरिएको हो ।

यस्तै नेपालको सिमानाका महेशपुरसँग जोडिएको भारतको महराजगंज जिल्लाको ठुठुवारी थाना अन्तर्गत पर्ने पडिया ताल मन्दिरबाट नेपाल आएको जन्तीलाई चेकजाँच गरी पठाइएको छ ।  रुपन्देहीस्थित बेथरी जाने जन्तीलाई सिमाना केहीबरे रोकिएको थियो । जन्तीलाई स्वास्थ्य परीक्षण गरेर मात्र पठाएकाे छ ।

महेशपुर सीमा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक महेश्वर उपाध्ययले अतिआवश्यक बाहेक सबै आवतजावतलाई रोक लगाएको बताउनु भयो । नेपाल भारतको सीमा खुल्ला भएको हुनाले समान्य बजार तथा कामका लागि गरिने ओहोरदोहोरलाई रोक लगाइएको बताउनुभयो । मेहशपुरसँग जोडिएको भारत ठुठीवारी कोतवाली (सीमा प्रहरी चौकी) सँग पनि सहकार्य गरी भारतबाट आएकालाई उतै रोकिएको छ  ।

महेशपुर बाहेक  भुजहवा र  झुल्नीपुर सीमामा पनि कडाई गरिएको छ । ती नाका सूचना टाँसेर बन्द गरिएकाे जनाइएकाे छ । सीमामा सुरक्षाकर्मीले कडा निगरानी गरेका छन् ।  विशेषले भारत गएका नेपालीलाइर्उ भने स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र्याइने नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले बताउनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…