दुर्घटनामा बाबुछोराको मृत्यु, आमाको अवस्था गम्भीर

काठमाडौं । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । मृतककी श्रीमती सुनीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । कोरोना भाइरसको त्रासका कारण घर फर्किएका एक परिवार सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबुछोराको मृत्यु भएको हो।

आइतबार बिहान भएको दुर्घटनामा परेर उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मृतककी श्रीमती सुनीता श्रेष्ठको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…