नआत्तिनुहोस् ! साबुनपानीले नै कन्ट्रोल गर्छ कोरोना

विश्वका सबै राष्ट्र अहिले कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त बनेको छ । कोरोना छिमेकी मुलुक चीनबाटै उत्पन्न भए तापनि नेपालमा भने अहिलेसम्म यसको संक्रमित भेटिएको छैन । कोरोना अहिलेसम्म नदेखिए पनि नेपालले यसप्रति सजकता अपनाएको छ । सरकारले आइतबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । स्कुल तथा कलेज यसअघि नै बन्द भइसकेको छ । चैतको पहिलो सतादेखि शुरु गर्न लागिएको माध्यमिक विद्यालय परीक्षा (एसइई)सहित विश्वविद्यालय र लोकसेवा लगायतका सबै परीक्षा स्थगित भइसकेको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायात सोमबारदेखि बन्द गरिँदैछ । विभिन्न मुलुकबाट नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडान चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । अत्यावश्यक बाहेकका सबै कार्यालय चैत २१ गतेसम्म बन्द रहनेछन् ।

मुलुकमा अहिलेसम्म ‘लक डाउन’ घोषणा गरिएको छैन । तर काठमाडौं उपत्यका अघोषित रुपमा समेत ‘लक डाउन’ जस्तै भइसकेको छ । मानिस अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएका छैनन् । घरभित्रै बसेर कोरोनाबारे सत्यतथ्य सूचना खोजिरहेका छन् । त्यसको लागि पलपलमा फेसबुक, ट्वीट खोलिरकेक छन् । सञ्चारका विभिन्न माध्यम हेरिरहेका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि मन्त्रीको संयोजकत्वमा ६ कार्यदल गठन गरेको छ । कार्यदलमार्फत परिचालित टोलीलाई संक्रमित भएको शंका लागे उपचारको लागि जोसुकैलाई नियन्त्रणमा लिने अधिकार दिइएको छ । संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारले कोरोनाविरुद्ध सबै संयन्त्र परिचालन गरेको छ । विभिन्न ठाउँमा क्वारेन्टाइन र आइसोलेट बेड तयार पारिएको छ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी ठाउँ ठाउँमा तैनाथ छन् ।

समाजमा समाजिक सञ्जालको प्रयोग बढदो अवस्थामा छ । सामाजिक सञ्जालमा कतिपय सही सूचना आउँछन्, कतिपय गलत । सही भन्दा गलत सूचना बढी आउने गरेको छ । कोरोनाबारे सामाजिक सञ्जालमा आइरहेको सूचना त्रासदीपूर्ण छन् । सामाजिक सञ्जालमा आइरहेको भन्दा बैग्लै छ, कोरोना । फेसबुक, इन्टाग्राम, टुइटर, घरैपिच्छे खोलिएका अनलाइनले कोरोनाबारे भ्रम फैलाएका छन् । अझ युट्यूवको त के कुरा गर्नु ? यसकै कारण राज्यको चौथों अंगको मानिने आमसञ्चार बदनामित हुने अवस्था छ । सञ्जालमा कोरोनाका औषधि, संक्रमित सख्या, सर्ने माध्यम, मृत्यु भएकाहरुको तथ्याकं र रोकथाम बारे लेखिएका सूचना भ्रमपूर्ण छन् र सरकारले चाहेर पनि यसको नियन्त्रण गर्न सक्ने स्थिति छैन । यसप्रति सबै सचेत र जिम्मेवार हुनु जरुरी छ ।

कोरोना बारे यथार्थ जानकारी लिनु, दिनु जरुरी छ । कोरोनाबारे हामीले दिएको सूचनाले बाल मस्तिष्कमा असर परिरहेको त छैन् ? परिवार र समाजलाई आतंकित बनाइरहेका त छैनौ ? सामाजिक सञ्जालमा समाजलाई आतंकित पार्ने खालका विषय वस्तु सम्प्रेष्ण गर्नु हुँदैन । सामाजिक सञ्जाल दुरुपयोग हुनबाट रोक्न पहल गर्नुपर्छ । हाम्रो सूचनाले कलिला बालकालिका, आम सर्वसाधारण र समाज आतंकित होइन, सहज र सजगता अपनाउन सजिलो होस् । केरोनाको प्रकृति र यसको रोकथामको लागि हामीले भन्नेगरेको हात धुने विधि कोरोना भाइरसविरुद्ध कति प्रभावकारी छ ? स्यानेटाइजर के हो ? र भाइरसको प्रकृति कस्तो हुन्छ ? यसबारे थाहा नहुनसक्छ ।

अमेरिकाकोकन्सास राज्यको नानो टेक्निोलोजी इनोवेशन केन्द्र कन्सास विश्वविद्यालयमा रसायन विज्ञानमा विद्यावारिधि गरिरहनुभएका रमेश मरासिनी भन्नुहुन्छ, ‘भाइरसको प्रकृति र बच्नको लागि अपनाइने विधिबारे सरल जानकारी यहाँ प्रस्तुत गरिएको छ । जनवरी ३०, २०२० मा विश्व स्वास्थ्य संगठनको अन्तराष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिद्धारा सार्वजनिक गरिएको आपतकालिन घोषणा भए देखि कोरोना भाइरसको प्रकोप विश्वभर तीब्र रूपमा फैलिरहेको छ । कोरोना भाइरस संक्रमण मार्च १९ २०२० सम्म १ सय ६७ मुलुकमा फैलिएको पुष्टि भइसकेको छ । अहिलेसम्म विश्वभर २ लाख ७ हजार ८ सय ६० जना संक्रमित भएका छन् । ८ हजार ६ सय ५७ को मृत्यु भएको छ । यसैगरी ८२ हजार ७ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मानव वस्ती नै नभएको अन्टार्टिका महादेश बाहेक सबै महादेशमा कोरोना भाइरस पुगिसकेको छ । कोरोना भाईरस रोग पहिलोपटक चीनको वुहानमा पत्तालागेको थियो ।

कोरोना भाइरस ५० माथि ४ सय नानो मिटरको बीचमा हुन्छन् । तिनीहरुलाई नानो पार्टिकल्स भनिन्छ । नानो पार्टिकल्स छाला, कपडा, इस्पात, काठ र तिनीहरुमा भएका पेन्ट जस्ता सतहसँग जटिल र विभिन्न खाले अन्तरक्रियामा हुन्छन् । । जव भाइरसले हाम्रा कोषमा आक्रमण गर्छ आरएनएले स्वास्थ्य कोषिकामा भएका मेशेनरी सिष्टमलाई हाइज्याक गर्छ । जसको फलस्वरुप स्वास्थ्य कोषिकालाई बिष्फोट गराउँछन्

कोरोना भाइरस संसारभर फैलिदै जाँदा मानिसहरु यसबाट जोगिन विभिन्न प्रयास र तयारी गरिरेका छन् । विश्व स्वास्थ्य संगठनले रोग फैलन सक्ने ठाउँ र देशको बारेमा सजग रहन चेतावनी दिइरहेको छ । चेतावनीको अर्थ यो रोग जुनसुकै देश, बर्ग, क्षेत्र र उमेरका व्यक्तिमा देखा पर्न सक्छ, त्यसको लागि तयार होऊ भनेको हो । रोग फैलन नदिनको लागि आवश्यक पूर्व तयारीको लागि सर्वप्रथम व्यक्तिको घर, परिवार, समाज र राष्ट्र हुदै कोरोना रोकथामको लागि हातेमालो गर्नु जरुरी छ । महामारी विश्वभर फैलिएको कारण स्वास्थ्य सामाग्रीको अभाव हुन थालेको छ । नेपाल जस्तो विकाशोन्मुख राष्ट्रको लागि प्रयाप्त श्रोतसाधनको कमी, दक्षजनशक्ति र औषधिजन्य उपकरणको अभावले महामारीको रुपमा नफैलियोस् भन्नका लागि सरकार एवं विभिन्न संघ सस्थाको पूर्व तयारीले मात्र पुग्दैन ।

के हो कोरोना, यो कसरी सर्छ ?
कोरोनाबारेमा प्रश्न गर्दा मरासिनी भन्नुहुन्छ– मैले पढेको र सिकेको विषय भनेको सानो धेरै सानो नानो पार्टिकल्समा अणुको अवस्था र संरचना बारेको विशेषज्ञता हो तर मेरो भाइरस जीव विज्ञानमा विज्ञता छैन । म सधै जैविक प्रकिया बारेमा विस्तृत अध्ययनमा चासो राख्छु किनकी तिनीहरुलाई सानो पदार्थको रुपमा देख्छु । अब पहिला हामी कोरोना भाइइसको संरचनको बारेमा हेरौं । भाइरसको आधारभूत संरचना माथिको चित्रबाट पनि अध्ययन गर्न सक्छौ । धेरै भाइरसमा प्रमुख तीन आधारभूत संरचना हुन्छन् । जुन रिबोन्यूक्लिक एसिड (आरएनए), प्रोटिन र बोसो जस्तो लिपिड हुन् । आरएनए भाइरल आनुवंशिक समाग्री हो जुन डीएनएसँग मिल्दो जुल्दो हुन्छ । प्रोटिनको लक्षित कोषिका भित्रपस्ने र भाइरसको प्रकृतिमा मद्धत गर्नेसहितको भूमिका हुन्छ । यसको सट्टामा एकीकृत (क्लस्टर) वा स्व—व्यवस्थित आकारमा भाइरल प्रोटिन, आरएनए र लिपिड(फ्याट) बीचचको कमजोर गैर सहसंयोजक अन्तरक्रियामा आधारित हुन्छ । जसलेगर्दा यो क्लस्टर गरिएको भाइरल कण विच्छेद वा अलग गर्न धेरै नै गाह्रो हुन्छ ।

कोरोना भाइरस लगायतका यस्ता धेरैजसो भाइरस ५० माथि ४ सय नानो मिटरको बीचमा हुन्छन् । त्यसैले तिनीहरुलाई नानो पार्टिकल्स भनिन्छ । नानो पार्टिकल्स छाला, कपडा, इस्पात, काठ र तिनीहरुमा भएका पेन्ट जस्ता सतहसँग जटिल र विभिन्न खाले अन्तरक्रियामा हुन्छन् । यही केस भाइरसमा लागू हुन्छ । जव भाइरसले हाम्रा कोषमा आक्रमण गर्छ आरएनएले स्वास्थ्य कोषिकामा भएका मेशेनरी सिष्टमलाई हाइज्याक गर्छ । भाइरसले हाम्रो शरिरमा भएका असख्य कोषिकालाई आफू अनुुकुल आरएनए र भाइरस बनाउने विभिन्न प्रोटिनको नयाँ र ताजा प्रतिहरु बनाउन शुरु गर्छ । यी नयाँ आरएनए, प्रोटिन र लिपिड हाम्रो शरिरमा आफैं भेला हुन थाल्छन् र भाइरसको नयाँ कोषको निर्माण शुरुहुन्छ । भाइरसले आफू अनुकुल आभारभूत संरचना निर्माण गर्छ र नयाँ भाइरस व्यवस्थित गर्ने शिलसिलामा हाम्रा स्वास्थ्य कोषिकालाई आक्रमण गर्न शुरु गर्छ । जस्को फलस्वरुप स्वास्थ्य कोषिकालाई बिष्फोट गराउँछन् जसले गर्दा बढी मात्रामा स्वास्थ्य कोशिका संक्रमित हुन्छन् भने केही सख्यामा भाइरस वायुमार्ग हुदै फोक्सोतर्फ जान्छन् । जव संक्रमित व्यक्ति खोक्छ, हाछ्यु गर्दछ त्यस समयमा त्यो भाइरस दुइ मिटर वा ७ फिटसम्म पुग्न सक्छ । जस्ले गर्दा खोक्दा वा हाछ्यु गर्दा अनिवार्य मुख छोप्नु पर्छ भनिएको हो । यी भाइरस वायु मण्डलमा पुगेपछि व्यक्ति वा वस्तुको सम्पर्कमा नआएका साना साना छिटा निस्क्रिय पनि हुनसक्छन् तर व्यक्ति, वस्तु वा कपडा आदिमा रहेका भाइरस भने जिवितै रहन्छन् ।

अणु जो समान छन् एक अर्कासँग भिन्नाभिन्नै दृढ अन्रक्रिया गर्छन् । काठ, कपडा र हाम्रो छालालाई भाइरसले वस्तु अनुसार भिन्नाभिन्नै अन्तरक्रिया गर्छन् । यद्यपि इस्पात, पोर्सिलेन, र टेफ्लन जस्ता केही प्लास्टिक जन्य वस्तुसँगको अन्तरक्रिया मा भाइरस कमजोर हुन्छ । भाइरसको अवस्था बाहेक कुनै पनि वस्तुको सतहको संरचनाले पनि महत्व राख्छ, त्यसकारण वाहिरी सतही सम्र्पकबाट समेत सतर्क रहनु आवश्यक छ । भाइरस विभिन्न वस्तुको बाहिरी सतहमा रहन्छ र अनियमित सतहले प्रकृति अनुसार भाइरसलाई अलगै तान्न सक्छ । त्यसोभए, एक प्रश्न आउँछ किन सतह अनुसार भाइरस फरक छ ? वस्तुको सतह बैज्ञानिक अध्ययन अनुसार भाइरस पानीमा जस्तै हाइड्रोजन बन्धनको संयोजनद्वारा एकसाथ समात्छ र जसलाई हामी हाइड्रोफिलिक (पानीमन पराउने) वा बोसो जस्तो र हाइड्रोफोबिक (बोसो वा तेलमन पराउने) अन्तरक्रिया भन्छौं । उदाहरणको लागि कपडा वा काठको सतह, भाइरससँग धेरै हाइड्रोजन बन्धन बनाउँछ । स्टील, चिनियाँ माटोका प्लेट वा प्लास्टिकले भाइरससँग धेरै हाइड्रोजन बन्धनको गठन गर्दैन । त्यसैले भाइरस यी सतहको लागि कडा बन्धनमा (सँगठित) छैन । भाइरस यी सतहमा एकदम स्थिर छ, जबकि यो कपडा वा काठको तुलनामा यस्ता स्थानमा लामो समयसम्म सक्रिय हुँदैन । भाइरस कहिलेसम्म सक्रिय रहन्छ ? यो विभिन्न चीजमा भरपर्छ । कोरोना भाइरस अनुकूल सतहमा घण्टौंसम्म सक्रिय रहनन्छ ? अर्को प्रश्न हुन सक्छ । ठाउँ र सतह अनुसार संभवतः एक दिन वा धेरै दिनसम्म पनि जिवित रहन सक्छ । आंशिक रूपले सूर्यको प्रकाशको परावैजनिक किरणले र तापवाट हुने अणु गतिद्वारा भाइरस विघटन वा निष्क्रिय हुन्छ ।

छाला भाइरसको लागि आदर्श सतह हो । यो जैविक हो र यसका सतहमा रहेका मृत कोशिकामा प्रोटिन र बोसो जस्तो लिपिड हुन्छ । भाइरससँग हाइड्रोजन बन्धन हाइड्रोफोविक (पानी मन पराउने ) र बोसो जस्तो हाइड्रोफोबिक (बोसो वा तेल मन पराउने) दुबैसँग अन्तरक्रिया गर्छन् । त्यसोभए जब तपाईं स्टीलको सतहमा रहेको भाइरसको कणलाइ छुनुहुन्छ, यो तपाईंको छालामा टाँसिने छ र अनि भाइरस तपाईंको हातमा स्थानान्तरण हुनेछ । यक्तिकैमा तपाइँ अझै सम्भवतः संक्रमित हुुनुहुन्न । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो अनुहार छुनुभयो भने, भाइरस तपाईंको हातबाट अनुहारमा ट्रान्सफर हुन सक्छ । अब भाइरस खतरनाक रूपमा वायुमार्ग, तपाईंको मुख र आँखाको वरिपरिको वाहिरि कोषिकाको झिल्लीको नजिक छ । त्यसैले तपाई हाई रिक्समा हुनु हुन्छ । माथि उल्लेखित स्थानवाट सहजै भाइरस तपाईको शरिर भित्र पस्न सक्छ र तपाईंलाई संक्रमित गराउन सक्छ । तपाइँ तव संक्रमित हुनुहुन्छ जबसम्म तपाइँको शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई मार्दैन । यदि भाइरस तपाईको हातमा वा वाहिरी छालामा छ भने तपाईले कसैसँग हात मिलाए वा हाँच्छ्यु गरे वा चुम्बन गरेर पनि यो सर्न र सार्न सक्नु हुन्छ ।

स्यानेटाइजर भनेको भाइरसको संक्रमणवाट बच्न साबुुन पानीले हात धुन असहज स्थानको लागि मात्र विकल्पको रुपमा प्रयोग गरिने उत्पादन हुन । यी र यस्ता जीवाणु विरोधी उत्पादनमा प्राय अल्कोहल र केही साबुन समावेश गर्छन् र यसले भाइरसलाई मार्न मद्दत गर्छ । तर केही उत्पादनमा सक्रिय ब्याक्टेरिया मात्र मार्ने तत्व समावेश गरिएको हुन्छ त्यस्ता उत्पादनले भाइरसलाई केहि गर्दैनन् 

सावुन पानीले कसरी कन्ट्रोल गर्छ कोरोना भाइरस ?
अहिले विश्वव्यापी रुपमा आएका अनावश्यक हल्लाले न आत्तिनुहोस् , तपाईसँग सेनेटाइजर जेल छैन के गर्ने त ? चिन्तालिनु पर्दैन हामीले सजिलै सजगता अपनाउन सक्छौ । तर हामीले दृढ आत्मविश्वास र सजगता भने अपनाउनु जरुरी छ । हामीहरुले दैनिक प्रयोग गर्ने सावुन पानी नै कोरोना भाइरसको रोकथामको लागि सवै भन्दा महत्वपूर्ण ओखती हो । अव चर्चा गरौ कसरी काम गर्छ साबुनले यसको बारेमा सुक्ष्म जानकारी यहाँ प्रस्तुत गर्न चाहान्छु । कोरोना भाईरस सर्वप्रथम हाम्रो शरिरको बाहिरी भागमा संक्रमित हुन सक्छ त्यो हाम्रो खासगरी हातको माध्यमले अनुहार हुदै नाक,मुख आखा हुदै शरिरमा प्रवेश गर्छ । जव सावुन पानीलाई फोहर (कोरोना भाइरस)सँग मिसाइन्छ साबुनको अणुले आफूलाई मिसेल भनिने सानो सानो समूहमा व्यवस्थित गर्छ । माथि देखाइएको चित्रमा हेर्न सक्नु हुन्छ फोहर सहितका मिसेल । यी मिसेलको संरचना २ नानो मिटर देखि २० नानो मिटरको आकारमा रहेका हुन्छन् अर्थात धेरै सुक्ष्म हुन्छन् । (नानोमिटर भनेको दुरीको एकाई हो । जुन एक मिटरको एक अरबौं वा मिलिमिटरको एक मिलियनको प्रतिनिधित्व गर्दछ । (लगभग १ नानो मिटर भन्नाले कपालको एउटा रौ भन्दा १ हजार गुणा सानो हुन्छ ।) सावुनले भाइरसको बोसो जस्तो झिल्ली (लिपिड) लाई विघटन गर्छ र भाइरसलाई निस्क्रिय पार्छ । किटाणुनाशक पदार्थ जस्तै वाइप, स्प्रे, जेल, अल्कोहल र सावुनजन्य पदार्थले पनि भाइरसलाई निस्कृय पार्दछ तर यी उल्लेखित मध्ये सवैभन्दा उत्तम भनेको साबुन पानी नै हो । स्यानेटाइजर (अल्कोहल) र साबुनभन्दा बाहेकको अन्य उत्पादित पदार्थमा भएको एन्टिव्याक्टेरियल एजेण्टले भाइरसको संरचनालाई खासै असर गर्दैन् ।

स्यानेटाइजर भन्दा साबुन धेरै राम्रो हुन्छ । स्यानेटाइजर भनेको साबुन पानीको अभावमा आपतकालीन अवस्थाको लागि मात्र तयार गरिएको पदार्थ हो । साबुन कसरी उत्कृष्ट छ ? यसको रसायन विज्ञान ,नानो साइन्स र भाइरल संरचनाको बारेमा पनि जानकारी गराउन चाहन्छु ।साबुनमा बोसो जस्तो पदार्थ हुन्छन् जुन एम्फीफाइल्स भनिन्छ (पानीमन पराउने र बोसो वा तेल मन पराउने दुबै भाग भएको), केही संरचनात्मक रूपमा भाइरस झिल्लीको लिपिड (एम्फीफाईल) जस्तै । साबुनका अणु भाइरस झिल्लीको लिपिडहरूसँग प्रतिस्पर्धा गर्छन् । साबुनका अणुहरूले धेरै बन्ड (कमजोर अन्र्तक्रिया) सँग प्रतिस्पर्धा गर्दछ । जुनप्रोटिन, आरएनए, र लिपिडलाई एकसाथ बस्न मद्दत गर्दछ । साबुनले भाइरससँगै रहेको घेरालाई प्रभावकारी रूपमा घुलनशील बनाएर विघटन गर्दछ र अन्य आणविक अन्तरक्रियालाई अवरोध र्पुयाउँछ । यस बाहेक, साबुनले पनि भाइरस र छालाको सतहबीचको अन्तरक्रियालाई घुलनशील बनाएर नष्ट पार्छ । साबुन र पानीको संयुक्त कार्यको कारण चाँडै भाइरस अलग हुन्छ र एकसाथ टुक्रिन्छ । यसकारण कोरोना मात्र होइन अन्य भाइरसको लागि पनि साबुन पानी अत्यन्तै उपयोगी हुन्छ । तर तपाईले हात धुदा राम्रोसँग साबुनपनीको झोललाइ छालाको सतहमा रहेका प्रत्येक टेक्सा र नानीसम्म पुग्ने गरी मिचिमिचि धुनुपर्छ (विज्ञहरूले सिफारिश गरे अनुसार न्यूनतम करिव २० सेकेन्ड) ।

स्यानेटाइजरको सट्टामा रक्सी जन्य पदार्थ बिकल्पको हुन सक्छ त ?
स्यानेटाइजर अल्कोहलमा आधारित उत्पादन हुन् , यी उत्पादनहरुमा सबै कीटाणु नाशक वा एन्टिबैक्टेरियल तत्व सामेल गरिएको हुन्छ । जसमा सामान्यतया उच्च प्रतिशत अल्कोहल जन्य इथानोल हुन्छ, (इथानोल रक्सीजन्य पेय पदार्थहरूमा प्रयोग गरिने केमिकल) र अन्य अल्कोहल सजिलै भाइरससँग हाइड्रोजन बन्धनमात्र होइन एक विलायकको रूपमा पनि हुन्छन् । यी उत्पादनमा पानी भन्दा बढी लाइपोफिलिक (फ्याटजस्तो) समावेश हुन्छन् तसर्थ, अल्कोहलले लिपिड झिल्लीलाई पनि विघटन गर्छ र भाइरसको अन्य आणविक अन्तरक्रियालाई अवरोध पुर्याउँछ । हाम्रो शरिरको सम्र्पकमा आएको भाइरसलाई हटाउनको लागि प्रयोग गरिने उत्पादन स्यानेटाइजरमा इथानोलको मात्रा पर्याप्तता र उच्च हुनु आवश्यक छ अर्थात् इथानोलको मात्रा ६० प्रतिशत भन्दा बढी हुनु जरुरी छ । अव हामीले सुन्दै आएका भोड्का, खुकुरी रम वा व्हिस्कीमा सामान्यतया ४० प्रतिशत इथानोल हुन्छ यस्को प्रयोग गर्नु भनेको भाइरस मार्नु होइन की आफनो शरिर र स्वास्थ्ययसँग खेलवाड गर्नु हो । जसको प्रयोगले भाइरसलाई छिटो विघटन गर्न सक्दैन । समग्रमा रक्सी या अल्कोहल जन्य पदार्थ भाइरस हटाउने कार्यमा साबुन भन्दा राम्रो छैन । स्यानेटाइजर भनेको भाइरसको संक्रमणवाट बच्न साबुुन पानीले हात धुन असहज स्थानको लागि मात्र विकल्पको रुपमा प्रयोग गरिने उत्पादन हुन । यी र यस्ता जीवाणु विरोधी उत्पादनमा प्राय अल्कोहल र केही साबुन समावेश गर्छन् र यसले भाइरसलाई मार्न मद्दत गर्छ । तर केही उत्पादनमा सक्रिय ब्याक्टेरिया मात्र मार्ने तत्व समावेश गरिएको हुन्छ त्यस्ता उत्पादनले भाइरसलाई केहि गर्दैनन् । हामीले खरिद गरिएका उत्पादन के प्रयोजनमा उपयुक्त हुन पहिले जानकारी लिनु आवश्यक हुन्छ । हाम्रो हातबाट भाइरस हटाउन पानी एक्लै प्रभावकारी छैन । भाइरस रोकथामको लागि अल्कोहलमा आधारित सेनेटाइजर जन्य उत्पादनले राम्रो काम गर्छ तर कुनै पनि उत्पादनले केहिले पनि साबुन पानीलाई जित्न सक्दैन् ।

सारांशमा, भाइरस साना न्यानो पार्टिकल्स जस्ता हुन्छन् । तिनीहरू सतहमा धेरै घण्टा सम्म सक्रिय रहन सक्छन् र सामन्य स्पर्शद्वारा पनि सर्न सक्ने भएकोले स्वयम् हामीले सजगता अपनाउनु जरुरी छ । त्यसैले अनावश्यक अनुहार छुने, मानिसको धेरै जमघट हुने सार्वजनिक स्थलमा जाने, हात मिलाउने, संक्रमितको शंकास्पद व्यक्तिसँग भेटगर्ने जस्ता कार्य नगरौ । सेल्फ क्वारेन्टाइनको अभ्यास गरौं । आफनो र आफनो परिवारको स्वास्थ्य सुरक्षामा ध्यान दिऔं । सम्भव भएसम्म पटक पटक सावुन पानीले हातधुने बानी बसालौंं कोरोना भाइरसवाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

(जनता टेलिभिजनका कार्यकारी अधिकृत विष्णु भट्टराईले अमेरिका स्थित कन्सासमा विश्वविद्यालयमा रसायन विज्ञानमा विद्याबारिधी गरिरहेका रमेश नेचर [email protected] सँग कोरोना र सावुनपानीको सम्वन्धको बारेमा गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ