बसको झ्यालबाट खसेर युवतीको मृत्यु

दमौली । व्यास नगरपालिका बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरीको मृत्यु भएको हो ।

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नम्बरको बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभएको छ । “अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ”, उहाँले भन्नुभयो ।

दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…