आइतबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिनेछ ।

१.भारतको वनवासासंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका कञ्चनपुर जिल्ला प्रशासन कार्यालयद्धारा आइतबार रातिबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय ।

२.जिल्लाप्रशासनकार्यालय कञ्चनपुरमाआज बसेको बैठकले गड्डाचौकी नाकामा चैत ११ गतेदेखि पूर्ण रुपमा आवागमन बन्द गर्ने गरेको हो निर्णय ।

३.विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले पूर्ण रुपमा आवागमन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयको भनाई ।

४.नाकाबाट प्रवेश गर्ने पैदलयात्रुको स्वास्थजाँचको कार्य प्रभावकारी बनाउने उद्देश्यले प्रवेश गर्ने सबै यात्रुहरुको विवरण संकलन गरी वेवसाइटमा राखिने प्रशासनको भनाई ।

५.आइतबार रातीबाट भीमदत्त नगरपालिकाका पसल, राहत उद्दार बाहेकका यातायात, सम्पुर्ण बजार, व्यवसाय, उद्योग र कलकारखाना अर्को सुचना नहुञ्जेल सम्मका लागि बन्द गरिने ।

६.कोरोना भाइरसको जोखिमका कारण आइतबारबाट मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा बन्द ।

७. संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको सरकारको घोषणा ।

८.नेपाल भित्रने सबै अन्तराष्ट्रिय उडानहरू पनि आइतबार रातिबाट चैत्र १८ गतेसम्म स्थगित ।

९.लामो दूरीका यात्रुवाहक बसलाई सोमबारदेखि केही अवधिका लागि रोक ।

१०.अत्यावश्यक बाहेकका क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा कमी ।

११.सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्ने ।

१२.सरकारद्वारा भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गर्ने ।

१३.अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने सरकारको निर्णयसँगै काठमाडौबाट बाहिरीने यात्रुको चाप ।

१४.यात्रुको चाप बढेसँगै काठमाडौ प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुंगामा एम्बुलेन्स सहितको स्वास्थ्य परीक्षण केन्द्र स्थापना ।

१५.चन्द्रागिरी नगरपालिकाद्वारा स्क्रेनिङ सेन्टर अर्थात स्वास्थ्य सहायता केन्द्र स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण कार्य शुरु ।

१६.स्वास्थ्य सहायत केन्द्र २४सै घण्टा सेवा प्रदान गर्ने चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको भनाइ ।

१७.केन्द्रले स्क्रेनिङमार्फत शंकास्पद यात्रु भेटिएमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने ।

१८.सवारी सधानको चाप अत्याधिक हुन भएकोले सबैको स्वास्थ्य परीक्षण गर्न सम्भव नभएकोले शंकास्पद यात्रुको मात्र स्क्रेनिङ गरिने स्वास्थयकर्मीद्वारा जानकारी ।

१९.चीनबाट शुरु भई विश्वव्यापी रुपमा महामारीका रुपमा फैलदैं गएको कोरोना भाईरस नियन्त्रणका लागि नेपालको विशेष तयारी ।

२०.सरकारी छात्रवृत्ति पाएर चिकित्सक बनिसकेका र बन्दै गरेका विद्यार्थीलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको कार्यमा परिचालन गर्ने ।

२१.मेडिकल कलेजहरुबाट उत्पादन भईसकेका तथा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयद्वारा सातैवटा प्रदेशका मुख्य मन्त्रीलाई पत्राचार ।

२२.सरकारी छात्रवृत्तिमा एमविविएस अध्ययन गरी कार्य शुरु गरिसकेका अधिकृतहरु ,एम डी, एम एस गरिसकेका बरिष्ठ चिकित्सकहरुलाई उपचारमा परिचालन गर्न निर्देशन ।

२३.कोरोना भाइरसको त्रासका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिरहँदा स्वास्थ्यकर्मीहरु भने सक्रिय ।

२४.बाल शल्य चिकित्सक डा. सुशील ढुंगेलद्वारा आफ्नो फेसबुक पेजमार्फत् घोषणा गरेका छन् बाल स्वास्थ्यको आकस्मिक सेवा तथा सामान्य शल्यक्रियको आवश्यक परे निशुल्क सेवा दिने जानकारी।

२५.आपत्कालीन घडीमा जुनसुकै ढंगबाट सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ।

२६.कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएपनि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणमा असर देखिएन ।

२७.विभिन्न युनिटमा काम भइरहेको आयोजनाको असार मसान्तमा एक युनिटको मात्रै काम सम्पन्न गरेर भएपनि परीक्षण गर्ने लक्ष्य ।

२८.आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या नआएको आयोजनाको भनाइ ।

२९.चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै काममा संलग्न गराइएको आयोजनाद्वारा जानकारी ।

३०.आयोजनाको काम सन्तोषजनक ढंगले अगाडी बढिरहेको उर्जा वर्षमान पुनको भनाइ ।

३१.आगामी वर्षबाट विद्युत उत्पादन मात्रै नभएर विद्युत निर्यात गर्ने अवस्थमा पुगिने मन्त्री पुनको विश्वास ।

३२.अहिलेसम्म गरिएका सबै परीक्षणहरु सफल भएकोले असार मसान्तसम्म काम सक्ने लक्ष्य लिइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ ।

३३.सीमानाकामा आवतजावत गर्नेहरुको स्वास्थ्य परीक्षणमा कडाई गर्नुका साथै विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन संसदीय समितिको सरकारलाई निर्देशन ।

३४.दैनिक उपभोग्य वस्तु, औषधि र अन्य स्वास्थ्य उपकरणहरुको उचित प्रवन्ध गर्दै सहज प्राप्तीको व्यवस्था गर्न पनि समितिको निर्देशन ।

३५.स्वास्थ्य उपकरण जुनदेशले सहयोग गरेपनि लिने नीति लिएको उद्योग मन्त्री लेखराज भट्टको भनाइ ।

३६.नेपाली चिकित्सकहरुलाई प्रशिक्षण दिन चीनको विशेष टोली बोलाउने तयारी भएको जानकारी ।

३७.कुन देशको सहयोग लिने कुन देशको नलिने भन्ने परिपाटीको अन्त्य गर्नुपर्ने सांसद भीम रावलको जोड ।

३८.देशकै प्रमुख नाका मध्ये एक रुपन्देहीको बेलहियाबाट दैनिक हजारौ संख्यामा भारतबाट नेपाल आवतजावत ।

३९.रोजगारीका लागी भारत गएका नेपाली, अध्ययन गर्न गएका विद्यार्थी र तीर्थयात्रीहरुको संख्या नेपाल भित्रने क्रममा बढेपछि नाकामा उच्च सतर्कता ।

४०.बेलहिया नाकामा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित ।

४१.नेपाली सेनाको लेफटिनेन्ट कर्णेलको नेतृत्वमा नाकामा प्रवेश हुने सबैको चेकजा“च गरेर मात्रै नेपाल प्रवेश गराइँदै ।

४२.जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा पनि सिद्धार्थनगर नगरपालिकाको स्वास्थ शाखा र स्थानीयको सहयोगमा कोरोना संक्रमणको चेकजाँच शुरु ।

४३.१२ जना स्वास्थ्यकर्मी कार्यरत हेल्थ डेस्कमा एकपटकमा ५ जनाले स्वास्थ चेकजाँच हुने ।

४४.टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालद्वारा डाक्टर र नर्स गरी ४४ जना थप कर्मचारी माग ।

४५.तीन महिनाका लागि नयाँ कर्मचारीलाई करारमा माग गरेको अस्पतालद्वारा जानकारी ।

४६.कोरोना भाइरसको आशंकामा उपचारमा आउने बिरामी बढ्दै गएपछि जनशक्ति थप गरेको भनाइ ।

४७.कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी र आम सर्वसाधारणलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालको अपील ।

४८.पार्टी एवं सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह ।

४९.कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारलाई आग्रह ।

५०.राष्ट्रिय एकता र उच्च मनोबलका साथ सामना गर्न अध्यक्ष दाहालद्वारा सबैमा अनुरोध ।

५१.बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने ।

५२.कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको उद्योग आपूर्तिमन्त्री लेखराज भट्टद्वारा जानकारी ।

५३.कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा सबै गम्भिरतापूर्वक एकजुट हुनुपर्नेमा मन्त्री भट्टको जोड ।

५४.कोरोना भाइरसबाट बच्न धनुषाको जनकपुरधाम उपमहानगरपालिकाद्वारा तीन दिनभित्र पचास शै्यासहितको क्वारेन्टाइन सेन्टर निर्माण गर्ने ।

५५.जनकपुरधामस्थित पिराडी टोलमा वर्षौदेखि बन्द रहेको मनिपाल शिक्षण अस्पतालमा क्वारेन्टाइन सेन्टर निर्माण गर्न लागिएको जानकारी ।

५६.७२ घण्टा भित्रमा क्वारेन्टाइन सेन्टरको निर्माण गरिने प्रमुख जिल्ला अधिकारीको भनाइ ।

५७.कोरोनाको शंका लागेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई चेकजाँचका लागि निर्देशन दिइएको जानकारी ।

५८.सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुन नहुने सरकारको निर्णय अस्पतालमा लागू हुनै नसक्ने अवस्था ।

५९.अस्पतालहरुमा भिड व्यवस्थापनमा नहुँदा भर्ना भएका विरामी र कुरुवाहरुमा कोरोना संक्रमणको त्रास ।

६०.सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक २ हजार ५ सय देखि ३ हजारसम्म बिरामीहरु केही न केही समस्या लिएर उपचारका लागि आउने गरेको तथ्याङ्क ।

६१.प्रतिष्ठानमा उपचारमा आएका बिरामीले दर्ता गर्दा लाइन, बिल काटिसकेपछि सम्बन्धित रोगको चिकित्सककहाँ उपचार गराउँदा लाइन बस्नुपर्ने बाध्यता ।

६२.प्रतिष्ठानले थेग्न नसक्ने चापलाई बेलैमा नसोचे कोरोनाको संक्रमण अस्पतालबाटै हुन सक्ने सम्भावना बढेर गएको स्थानीयको भनाइ ।

६३.कोरोना भाइरसको त्रासका कारण बागलुङबाट देशका विभिन्न जिल्लामा जाने यात्रुको संख्या घट्यो ।

६४.कोरोनाको सन्त्रासले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको संख्यामा कमी आएको यातायात व्यवसायीहरुको भनाइ ।

६५.मानिसहरुको भीडभाड र चहल पहल बढि देखिने बसपार्क, जीपपार्क र टिकट काउण्टरमा चहलपहल न्यून ।

६६.काठमाडौंबाट बागलुङ आउने यातायातका साधन भरिभराउ भएपनि बागलुङबाट बाहिरी जिल्ला जाने यात्रु घटेको व्यवसायीहरुद्वारा जानकारी ।

६७.सार्क नमूना गाउँको रुपमा विश्वभर चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पर्यटक आगमनमा रोक ।

६८.आइतबारदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्णरुपमा रोक लगाउने घलेगाउँ पर्यटन विकास समितिको निर्णय ।

६९.स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको घलेगाउँमा हालसम्म केहि मात्रामा पर्यटकहरु आउने गरे पनि विश्वव्यापी समस्यालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म पर्यटकहरुलाई रोक ।

७०.कोरोना भाइरसको विश्वव्यापी त्रास बढेसँगै जोखिम न्युनिकरणका लागि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाइएको समितिको भनाई ।

७१.समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस संक्रमणको जोखिमका कारण थप मारमा ।

७२.करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सुनसान ।

७३.पर्यटकहरु नभएपछि व्यवसाय शुन्य भएको भएको भन्दै व्यवसायीहरुले बैंकको किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो ।

७४.आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो ।

७५.बजारमा छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।

७६.तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच ।

७७.चाँदीको मूल्य पनि बीस रुपैयाँले बढ्दै प्रतितोला ७ सय बीस रुपैयाँमा कारोबार ।

७८.कोरोना भाइरसले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भइ शेयर मार्केटमा उतार चढाव आउँदा सुनको मूल्य पनि अस्थिर ।

७९.अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर ।

८०.आइतबार नेपाल राष्ट्र बैंकद्वारा एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा कायम ।

८१.विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएको अनुमान ।

८२.कोरोनाको मनोवैज्ञानिक त्रासका कारण अहिले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको विश्लेषण ।

८३.चालू आर्थिक वर्षको पहिलो सात महिनामा बैंकमा पैसा जम्मा गर्नेको ब्याजदर बढेको छ भने कर्जाको ब्याजदर घट्यो ।

८४.व्यवसाय कर्जाको औसत ब्याजदर १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्याँकमा उल्लेख ।

८५.कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्ने गैरआवासीय नेपाली संघ एनआरएनएको तयारी ।

८६.प्रभावित नेपालीहरुलाई सहयोग तथा राहत उपलब्ध समेत गराउने संघको घोषणा ।

८७.कोरोना भाइरसको महामारीले विश्वमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना शाखाहरुलाई परिचालन गर्ने संघको भनाइ ।

८८.हरेक देशमा एक÷एक जना संयोजक तोक्ने गैरआवासीय नेपाली संघको निर्णय ।

८९.कोरोना प्रभावित देशहरुमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना कोअर्डिनेटर तोकिने ।

९०.ललितपुर कुसुन्ति डेरा गरी बस्ने दोलखाका मिठु केसीको कोठाबाट करिब ५ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी ।

९१.सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु ।

९२.सर्लाहीमा ना.४ त ४८७ नम्बरको ट्याक्टर भारतिय नंम्बरप्लेटका मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा गोबिन्द पासवानको मृत्यु ।

९३.धनुषामा ज.१ त ३०१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारतका आयुश कुमार साहको मृत्यु ।

९४.लमजुङमा ग.१ त ५७७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा युवराज तामाङको मृत्यु ।

९५.तनहुँमा ग.१ ख ९४०० नम्बरको बस सडकमा पल्टिँदा सर्मिला ठकुरीको बसले च्यापिएर मृत्यु,१७ जना घाइते ।

९६.काभ्रेमा बा.५ ख २३९० नम्बरको मिनिट्रक र बा.५७ प ७२८ नम्बरको मोटरसाइकल ठक्कर खादा मिन बहादुर श्रेष्ठ र सुविन श्रेष्ठको मृत्यु ।

९७.सर्लाहीमा तुला महरा र राम सोभित रामको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

९८.विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म १३ हजार ५० जनाको मृत्यु ।

९९.तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित ।

१००.नेपाल तेक्वान्दो संघद्धारा आगामी चैत २२ गतेसम्म तेक्वान्दोको सम्पूर्ण गतिविधि बन्द ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…