सबै सेवा बन्द हुँदा पनि बढ्यो सुन


काठमाडौं । मुलुकमा आइतबारदेखि अत्यावश्क बाहेक सबै सेवा बन्द छ । सबै सेवा बन्द भए पनि सुनको मूल्य भने बढिरहेको छ । सुनको मूल्य आइतबार अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँले बढेको हो ।


बजारमा छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्यमा बीस रुपैयाँले बढ्दै प्रतितोला ७ सय बीस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना भाइरसले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी शुरू भइ शेयर मार्केटमा उतार चढाव आउँदा सुनको मूल्यमा पनि घट बढ हुने क्रम चलिरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत हुनु र भारतीय मुद्रा पनि कमजोर बन्दा आन्तरिक बजारमा सुनको भाउ अस्थिर बनेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।