नेपालगञ्जको जमुनाह नाका एक हप्तालाई बन्द

बाँके । नेपालगञ्जस्थित जमुनाह नाका एक हप्तालाई बन्द गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्न नदिन आइतबार नेपाल र भारतिय सुरक्षा निकायका प्रमुखको छलफलबाट नमुनाह नाका बन्द गर्ने सहमती भएको हो ।

आजकै मितिदेखि लागू हुने गरी अर्को आदेश नआउदासम्मका लागि सिमा सिल गर्ने निर्णय गरिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले यस विषयमा अत्यावश्य सवारी साधान बाहेक पैदल यात्रु र अन्य सवारीकालागि नाकासिल गरिएको बताउनुभयो।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख बिरबहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरीक्षक दिपक अधिकारी र भारत बहराइच जिल्ला अधिकारी सम्भु कुमार, बहराइचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलका क्रममा सीमा नाका बन्द गर्ने बारे सहमती भएको हो ।

शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीलाई भने आवागमनकालागि छुट गरीएको थियो । सीमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन सञ्चालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।

यसैबीच सिमावर्ती भारतीय बजार रुपहिडिया पनि पूर्ण रुपमा बन्द हुने भएको छ । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रुपहिडिया बन्द गर्न बहराइच जिल्ला अधिकारी शम्भु कुमारले निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…