क्वारेन्टाइनका लागि निशुल्क होस्टेल दिने सामाजिक अभियान्ता यादवको घोषणा

मोरङ । विराटनगरका युवा नेता तथा सामाजिक अभियान्ताले कोरोना भाइरस (कोभिड १९) को क्वारेन्टाइनका लागि निःशुल्क होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियान्ता तथा विराटनगरका होस्टेल व्यवसायी समेत रहेका राकेश रोशन यादवले होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको हाम्रो नेपाल होस्टेल निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकारका सामाजिक विकास मन्त्रालयले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

प्रदेश १ को राजधानी विराटनगर देश र प्रदेशकै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्यधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण पनि छ,’ उनले भने, ‘प्रदेश सरकारको यस महामारी विरुद्धको महाअभियानमा काँधमा काँध मिलाई अगाडि बढ्ने दायित्व बोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिने हाम्रो पनि प्रमुख जिम्मेवारी हो, कोरोना विरुद्ध लड्न यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको बारेमा चिन्तित रहेकाले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराउने यादवले घोषणा गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…