कञ्चनपुर । भारतको वनवासँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आइतबार बसेको बैठकले गड्डौचौकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले आइतबार राती १२ बजेपछि लागू हुने गरी गड्डौचौकी नाका, भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दारबाहेक यातायात, सम्पुर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्ने पैदल यात्रुको स्वास्थ जाँचको कार्य प्रभावकारी बनाउने उद्देश्यले प्रवेश गर्ने सबै यात्रुको विवरण संकलन गरी कम्प्युटर प्रणालीद्धारा वेवसाइटमा राख्ने जिल्ला प्रशासन कार्यालयले कार्य थालनी गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा, भिमदत्त नगरपालीका प्रमुख सुरेद्र बिष्ट, उपप्रमुख शुसिला चन्दलगायत तीन वटै सुरक्षाका प्रमुखको उपस्तिथी रहेको थियो ।