तेक्वान्दोका सम्पूर्ण गतिविध स्थगित

फाइल तस्बिर

काठमाडाैं । नेपाल तेक्वान्दो संघले आगामी चैत २२ गतेसम्म तेक्वान्दोको सम्पूर्ण गतिविधि बन्द गरेको छ ।

संघले शनिबार सूचना जारी गर्दै कोराना भाइरसलाई मध्येनजर गर्दै संघको केन्द्रीय, प्रदेश र जिल्लाको कार्यालयसहित डोजाङको प्रशिक्षण चैत २२ गतेसम्मको लागि बन्द गरिएको जनाएको छ ।

सरकारले कोरोना संक्रमणको कारण देखाउँदै अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गर्न निर्देशन दिएसँगै संघले पनि कार्यालयहरु बन्द गरेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस अघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गतसाता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोनाको कारण नेपालसहित विश्वमा खेलकुद गतिविधि ठप्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ । वृष- दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ । मिथुन- स्थान परिवर्तन हुनेछ, पारिवारिक…

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्