बैंकले दिने ब्याज बढ्याे, कर्जादर घट्याे

काठमाडाैं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा बैंकमा पैसा जम्मा गर्नेको ब्याजदर बढेको छ भने कर्जाको ब्याजदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा व्यवसाय कर्जाको औसत ब्याजदर करिब १ प्रतिशतले घटेको छ । अहिले चालू आर्थिक वर्षको ७ महिनामा कर्जाको ब्याजदर ११ दशमलव नौ चार प्रतिशत रहेको छ ।

गत वर्षको ७ महिनाको यस्तो ब्याजदर १२ दशमलव तीन चार प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको माघसम्ममा निक्षेपको ब्याजदर औसत बढेको छ । निक्षेपको व्याजदर बृद्धि भइ ६ दशमलव सात आठ प्रतिशत पुगेको छ । गत वर्षको समीक्षा अबधिमा यस्तो ब्याजदर ६ दशमलव छसात प्रतिशत रहेको थियो ।

यस अवधिमा वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर घटेको छ । त्यस्तो व्याजदर घटेर ४ दशमलव पाँच नौ प्रतिशत कायम भएको छ । २०७५ माघमा यस्तो ब्याजदर ५ दशमलव सात नौ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।