सीमा बन्द हुँदा ३ सय बढी नेपाली अलपत्र

काठमाडौं । कोरोना भाइरसको त्रासले भारतको विभिन्न स्थानबाट घर फर्कदैं गरेका ३ सय बढी नेपाली रुपैडिहामा अलपत्र परेका छन । सात दिनका लागी सिमा बन्द गरेपछि नानपारादेखि सोमबार विहान मात्र घर फर्किएका नेपाली भारतको रुपैडिहामा अलपत्र परेका हुन् ।

दिल्लीबाट बाँकेको खजुरा आउन लागेका सिव पौडेलले घर आउन पाइने हो या होइन भन्ने बारेमा कसैले जानकारी नदिएको गुनासो गरेका छन । भारतिय एसएसपीले नेपालबाट जान दिए छाडिदिने बताउने गरेको पौडेलले बताए ।

नेपालतिरबाट प्रवेश रोक लगाएकाले आफुहरु आफ्नो देश फर्कन पनि नपाएको यात्रुहरुको गुनासो छ । यात्रुहरुले आफुहरु नेपालमै आएर क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने बारेमा छलफल भैरहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी खड्काले झण्डै ३ सय जनालाई स्वारेन्टाइनमा राख्ने सम्भव नै नरहेकाले तत्काल केहि गर्न नसकिने प्रतिक्रिया दिएका छन ।

नाकामा अहिले नेपाली प्रशासनले उता रोकिएका नेपालीहरूको लागि खाना , पानी ब्यवस्थापन गर्दै अाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…