काठमाडौंमा भेटियाे कोरोना संक्रमित

काठमाडौं । नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा भेटिएको जानकारी दिनुभएको हो ।

फ्रान्सबाट काठमाडौं आएकी एक १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएको हो ।

किशोरी चैत्र ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यसबेला कोरोनाको कुनै लक्षण नदेखिएपनि उनी हाेम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । परीक्षण गर्दा उनलाई आइतबार साँझ कोरोना संक्रमण देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।