पेस्तोल देखाएर हिरा लुट्ने असइ र पत्रकार पक्राउ

पुष्पराज अधिकारी
हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत सुर्खेत वीरेन्द्रनगर का २६ वर्षीय प्रहरी सहायक निरीक्षक(असई) सुरेन्द्र बसेल, स्थायी घर जाजरकोट शिवालय–२ र दाङ सिजुवा गाउँपालिका–१ भएका प्रहरी जवानहरु २७ वर्षीय वीरबहादुर बस्नेत र २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । त्यस्तै आफूलाई पत्रकार भन्ने ललितपुर महानगरपालिका भँैसेपाटीका १९ वर्षीय सुजन आचार्य छन् ।

मकवानपुरको कैलाश गाउँपालिका–५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने भनी पुगेका उनीहरुले आईतबार राती पेस्तोल देखाएर करिब एक करोड मूल्यको हिरा लुटेका थिए । हिरा लुटेर भागेका उनीहरुलाई पालुङ प्रहरीले थाहा नगरको थानाबजारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सुशील सिंह राठौंरले बताउनुभयो ।

प्रहरीले उनीहरूको साथबाट १२ दशमलब २६० ग्रामको हिरा, लोड अवस्थामा रहेको पेस्तोल एक थान, प्रहरीको वाकीटकी ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर २ थान, मोबाइल ६ थान र ल्यापटप १ थान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।