Logo आश्विन ५, २०७७ सोमबार


कोरोना संक्रमित युवती आफैँले गाडी चलाएर टेकु पुगेकी थिइन्

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी कोरोना संक्रमित नेपाली युवती आफैँले गाडी चलाएर स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्। चिकित्सकका अनुसार नेपाली युवती र्‍यालको नमूना दिएर उनी घर फर्किएकी थिइन्। तर, घरमा बस्दा परिवारका अरु सदस्यको सम्पर्कमा नआएकी ती युवतीलाई उद्धृत गर्दै टेकु अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टि गरेको थियो।

उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्। त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएका कारण घरमा पूर्ण रुपमा क्वारेन्टाइनमा राखिएको थियो।

फ्रान्सबाट आउँदा जहाजमा उनीसँगै भियतनामी साथी पनि थिइन्। उनीहरु आ-आफ्नो देश लागेका थिए। भियतनाम पुगेपछि उनको साथीलाई क्वारेन्टाइनमा राखियो। स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण देखियो। त्यसलगत्तै उनले नेपालमा रहेकी साथीलाई एसएमएसमार्फत जानकारी गराएकी थिइन्।

यस बीचमा उनलाई सामान्य खोकी लागेको पनि चिकित्सकले बताएका छन्। आइतबार राति साढे १० बजे उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको थियो। डा. भण्डारीका अनुसार अहिले संक्रमित युवतीलाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको छ। रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आइतबार राति ११ बजे नै उनलाई घरबाट टेकु अस्पताल ल्याएका थिए।

यसअघि गत १० माघमा चीनको वुहानबाट स्वदेश फर्किएका जनकपुरका ३२ वर्षीय युवामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।उपचारपछि उनी स्वस्थ भएर घर फर्किसकेका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।