लकडाउनमा के के गर्न पाईन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ ।

लकडाउनमा के के गर्न पाईन्छ ? के गर्न पाइँदैन ?

१. औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन ।

२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइँदैन ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द हुन्छन् ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुन पाउँछन् । अन्य कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले बिदा दिनुपर्नेछ ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलाकारहरुमा काम गर्ने श्रमिक कर्मचारीहरुलाई सम्बन्धित कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाउनुपर्छ ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । तर अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोली गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिदने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिन्छ ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा ९२० बमोजिम जारी उक्त आदेशको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीले गर्ने । स्थानीय प्रशासन ऐन, २०२८ को पनि उपयोग गरिन्छ ।

८.  संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई ऐन बमोजिम सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।