कर्मचारीको तलबको १० प्रतिशत कोरोना कोषमा राखिने

बागलुङ । ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो ।

‘देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ’ सुनारले भन्नुभयो ‘सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।’ गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने १ लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।