ट्राफिकको चेकिङ, प्रहरीद्वारा माइकिङ (लकडाउन अपडेट)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउन एक साताको लागि आजदेखि आव्हान गरिएको ‘लकडाउन’ मुलुकभर कार्यान्वयन भइरेको छ । लकडाउन सर्वसाधारणको पूर्ण समर्थन गरेका छन् । अत्यावश्क काम बाहेक बासिन्दा बिहानैदेखि घरबाहिर निस्किएका छैनन् । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

 सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले भन्नुभयो, ‘आम नागरिक आदेशको पालना गरिरहेको पाइन्छ, जानी नजानी कतै पालना नगरेकालाई सम्झाइबुझाई गरेर फर्काएका छौँ । उहाँले मुलुकभर नै आवश्यकतानुसार टोली परिचालन गरेर आदेशको पालनामा प्रहरी सक्रिय भएको जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहका प्रहरी पनि आवश्यक क्षेत्रमा परिचालन भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । ‘सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला’ भन्दै प्रहरीले खुलेका पसल समेत बन्द गर्न भनिरहेको छ । ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ ।

 

महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सरकारी आदेशको पालनाका लागि सम्पूर्ण ट्राफिक जनशक्ति परिचालन गरिएको बताउनुभयो । ट्राफिकले् विभिन्न ठाउँमा चेक गरिरहेका छन् । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्वसाधारण घरबाट ननिस्कन आग्रह गरिएको ढकालले बताउनुभयो ।  गत माघ ९ गते चीनको हुबेइ प्रान्तको वुहान शहरबाट आएका र चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपालमा आएका गरी दुई जनामा कोरोना लक्षण देखिए पनि नेपालमा अन्यमा संक्रमण भेटिएको छैन । सम्भावित जोखिम रोक्न सरकारले चैत १८ गतेसम्मका लागि आदेश जारी गरेको हो ।

सरकारले संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­–१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मआदेश लागू हुनेछ ।
आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।