स्कर्पियो र मोटरसाइकलको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

चितवन । जिल्लाको छुट्टाछुट्टै स्थानमा सोमबार राति  भएको सवारी दुर्घटनामा २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भरतपुर महानगरपालिका–७ विकास चोकका ४२ वर्षीय बुद्धिराज सापकोटाको मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते भएका छन्। उनको भरतपुर अस्पतालमै उपचार भइरहेको छ ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १० त्रिचोकमा स्कर्पियोको ठक्करबाट धादिङका ४० वर्षीय साजन तामाङको मृत्यु भएको छ । तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कर्पियो भने पहिचान भइसकेको छैन । स्कर्पियोको खोजी भइरहेको प्रहरीले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…