मेयरले दिए क्वारेन्टाइनको लागि ४० शैयाको होटेल

काठमाडौं । रौतहटको गौर नगरपालिकाका मेयर अजयकुमार गुप्ताले आफ्नो ४० शैयाको होटेल क्वारेन्टाइनको लागि सरकारलाई दिने घोषणा गरेका छन् । गुप्ताले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण हुने बिरामीलाई उपचारको लागि सिया पैलेस होटेल क्वारेन्टाइनको लागि दिने घोषणा गरेका हुन् ।

गुप्ता राष्ट्रीय जनता पार्टी नेपालका महासचिव समेत हुन् । नेपालमा स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टि गरेको थियो। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर ‘लक डाउन’ गर्ने निर्णय गरिसकेको छ ।

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरण अनुसार संंसारभर ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…