बागमती सरकारद्वारा १० करोडको कोरोना उपचार कोष स्थापना

पुष्पराज अधिकारी
काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको लागि १० करोड रुपैयाँ कोषको स्थापना गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, नियन्त्रणका संक्रमितहरूकाे उपचारकाे लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसहित मन्त्रीहरुले कोषमा एक महिनाको तलब जम्मा घोषणा गर्नुभएको छ । प्रदेश सरकारले सर्वसाधारणलाई समेत कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…