Logo आश्विन ४, २०७७ आइतबार


सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । मुलुकको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाले जीवन गुमाएका छन् । सर्लाही, नवलपरासी कैलाली, चितवन, धनुषा, सिरहा, मोरङ र ओखलढुंगामा साेमबार राति सवारी दुर्घटना भएको हो ।

सर्लाही, बसवरिया गाउँपालिका(३ मधुवनीकमा नम्बरप्लेट नभएको मोटरसाइकल पल्टिँदा चालक कृष्ण साहको मृत्यु भएको छ । धनकौल गाउँपालिका–७ बस्ने २० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिकामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय विश्वराज गिरीको मृत्यु भएको छ । नगरपालिकाको वडा ४ मा लु २ च ९२२४ नम्बरको बलेरो जिपले लु २८ प  ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकल चालक ११ मौराहाटाडी बस्ने गिरीको चिसापानीस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालक पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा ट्याक्टरबाट खसेर मजदुरको मृत्युभएको छ । वडा नम्बर १८ मा से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट मजदुर २८ वर्षीय वीरेन्द्र चौधरी खसेका हुन् । उनको को सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । वडा नम्बर ७ विकास चोकमा प्रदेश नम्बर ३(०३००३ प १६३४ नम्बरको मोटरसाइकल त्यही ठाउँका ४२ वर्षीय बुद्धिराज सापकोटालाई ठक्कर दिएको हो । उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडामा १० त्रिचोकमा पनि स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्युभएको छ । स्कार्पियोको ठक्करबाट धादिङ घर भई भरतपुर महानगरपालिका(१० बस्ने ४० वर्षीय साजन तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।