‘लकडाउन’सँगै सबै सुरक्षा अंग हाई अलर्टमा

काठमाडौं । कोरोना ९कोभिड(१९० संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन्।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो नियमित क्रियाकलापमा खटिनेबाहेकका १३ हजार रिजर्भ फोर्सलाई कोरोना संक्रमणको नियन्त्रणका लागि हाई अलर्टमा राखेको छ। यसैगरी, नेपाली सेनाले आफ्नो जनशक्तिलाई तयारी बनाएर क्वारेन्टाइनसहित कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखेको छ भने सशस्त्र प्रहरीले देशभर आफ्ना युनिटलाई तयार रहन निर्देशन दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित काममा खटिनेबाहेकका १३ हजार जनशक्ति कोरोनाको जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल तैनाथ गरिने बताए। ‘हामीसँग १३ हजार रिजर्भ फोर्स तयारी अवस्थामा छन्, कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक परे तत्काल खटाउने तयारी छ,’ प्रहरी प्रवक्ता क्षेत्रीले भने।

कोरोनाको संक्रमण फैलिएको अवस्थामा रिजर्भ फोर्सलाई तत्काल परिचालन गर्नेगरी हाई अलर्टमा राखिएको उनले जनाए। आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…