कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट नेगेटिभ

चितवन । भरतपुरस्थित कोरोना बिशेष (अस्थायी) अस्पतालमा मंगलबारमृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरस संक्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीसंगै अन्य शंकास्पद बिरामीको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ९ः३० बजे मृत्यु भएको थियो ।

त्यही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ ।

अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…