काभ्रेमा लकडाउन उल्लंघन गर्ने ५९ सवारी साधन नियन्त्रणमा

सुरज श्रेष्ठ
काभ्रे ।  लकडाउन उल्लंघन  ५९ वटा सवारीसाधनलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै लकडाउनको उल्लङ्घन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बुधबार बिहान ११ बजेसम्ममा बनेपा, धलिखेल, भकुण्डे, पाँचखाल लगायतका क्षेत्रबाट ५६ वटा मोटरसाइकल, एउटा गाडी र दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो ।

कोरोना भाइरस  (कोभिड–१९)  भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेनाका कर्णेल लगायतसहितको टोली विभिन्न क्षेत्रको अनुगमनमा निस्किएको छ । आमनागरिकको हितका लागि लकडाउन घोषणा गरिएको पूर्ण पालना गरिदिन तामाङ्ले सर्वसाधारणलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…