कोरोना मन्दी, लक डाउन र जिवित अर्थतन्त्र

राष्ट्रिय अर्थतन्त्र पूर्ण लक डाउन हुँदा आजको अर्थतन्त्रको क्षमता निर्धारण गर्नुपर्छ । कति समय २,३,४,५ महिनापछि सहज होला । तत्काल कोरोनाको असर शुन्यमा आइपुग्दा समेत यसको छिटफुट असर दुई वर्षसम्म रहन्छ । त्यसपछि उत्पादनमा कुन दरले वृद्धि गर्दा अर्थतन्त्र जिवित हुन्छ ?  प्रक्षेपण गर्नु जरुरी छ । कोरोनाको कारणले अर्थतन्त्र क्रमशः ओरालो लाग्दै जानुनै कोरोना मन्दी हो । यो चीनमा मात्र सिमित नभएर विश्व अर्थतन्त्रसँग प्रभाव देखियो । पन्ध्रौं योजनामा अपेक्षा गरेको ९ दशमलव ६ प्रतिशत वृद्धि दर करेक्सन गर्न सकिएला ?

कुनै पनि स्तरको विकसित , विकासशील र अल्पविकसित अर्थतन्त्रको गति हुन्छ । आन्तरिक र बाह्य कारणले अवरोध सृजना हुँदा स्वभाविक असर देखापर्छ र अर्थतन्त्रको गतिमा रोकावट हुन्छ । अर्थतन्त्रको एउटा क्षेत्रमा अवरोध हुँदा त्यसको चेन इफेक्ट सिङ्गो अर्थतन्त्रमा पर्छ । अहिलेको परिस्थिति अझ कहालीलाग्दो र डर लाग्दो छ । १९३० को बृहत आर्थिक मन्दीले औद्योगिक देशलाई उल्लेख्य प्रभाव पारेको थियो । कोरोनाले कुनै किसिमका अर्थतन्त्र बाँकी रहेन । ती विकशित हुन् अथवा अविकशित देश किन नहुन् । २०१९ को ८६ टृलियनको विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्छ । विश्व अर्थतन्त्रमा अमेरिका, चीन लगायत १५ देशको हिस्सा ७६ प्रतिशत छ । विश्वअर्थतन्त्र ठूलो हिस्सा ओगटेका ती मुलुक नै कोरोनाको शिकार भए । अहिले सम्पूर्ण अर्थतन्त्र लक डाउन भएको स्थिति हो । उत्पादन , उपभोग र सेवा क्षेत्र सबै प्रभावित छन् । यो अर्थतन्त्रको दुःखद अवश्था कुन अवधिसम्म कायम रहला निर्क्योल गर्न कठिन छ । अर्थतन्त्रको प्रभाव भन्दा कोरोनाको प्रभाव छिटो दरमा वृद्धि हुने देखिएकोले समाजमा डर, भय र त्रास सृजना भएको हो । यो विषम परिस्थितिमा अर्थतन्त्र जिवित राख्ने नवीन तौरतरिका अपनाउन जरुरी छ ।

राष्ट्रिय अर्थतन्त्र पूर्ण लक डाउन हुँदा आजको अर्थतन्त्रको क्षमता निर्धारण गर्नुपर्छ । कति समय २,३,४,५ महिनापछि सहज होला । तत्काल कोरोनाको असर शुन्यमा आइपुग्दा समेत यसको छिटफुट असर दुई वर्षसम्म रहन्छ । त्यसपछि उत्पादनमा कुन दरले वृद्धि गर्दा अर्थतन्त्र जिवित हुन्छ प्रक्षेपण गर्नु जरुरी छ । कोरोनाको कारणले अर्थतन्त्र क्रमशः ओरालो लाग्दै जानुनै कोरोना मन्दी हो । यो चीनमा मात्र सिमित नभएर विश्व अर्थतन्त्र सँग प्रभाव देखियो । पन्ध्रौं योजनामा अपेक्षा गरेको ९ दशमलव ६ प्रतिशत वृद्धि दर करेक्सन गर्न सकिएला ?  यो वर्ष यही अवस्था कायम रहे नकारात्मक प्रभाव सुनिस्चित छ । यो विषम परिस्थितिमा नेपालले अपनाउन पर्ने कदम समेट्ने जमर्को गरिएको छ । कोरोनाको असर आशिक होइन विश्वव्यापी हो । एउटा अर्थतन्त्रले अर्कोलाई सहयोग गर्न सक्तैन ।

उत्पादनलाई निरन्तरता दिनुपर्छ
सरकारले अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई निरन्तरता दिनुपर्छ । उद्योग भित्र काम गर्ने श्रमिकलाई सुरक्षित क्वारेन्टाइनको व्यवस्था उद्योगभित्र गर्नुपर्छ । श्रमिकलाई आफ्नो परिवार र बाहिरी वातावरणबाट आइसोलेट गर्नुपर्छ । उद्योगभित्र हेल्प डेस्क स्थापना गर्नुपर्छ । कोरोना एकअर्काको सम्पर्कबाट घातक हुने भएकोले उद्योगभित्रका श्रमिक बाहेक बाँकी सबैसँग पूर्णरुपमा बन्देज लगाउनुपर्छ । यो रणनीतिले अति आवश्यक वस्तुको उत्पादनले निरन्तरता पाउँछ । कोरोनाको सन्त्रास पनि रहदैन । कोरोनाको अवधि लम्बिदै जाँदा समेत खाद्यान्न अभाव हुँदैन । जुनसुकै अवस्था समेत प्रतिव्यक्ति खाद्यान्न कति आवश्यक हुन्छ ? त्यसको जोहो कसरी गर्ने ? यसप्रति सरकार र नीतिनिर्माताको ध्यान जानुपर्ने देखिन्छ । विश्व खाद्य तथा कृषि संगठनले किटानी गरे अनुसार प्रतिव्यक्ति खाद्यान्न उपलब्ध हुन जरुरी छ । खाद्यान्न सकट भए राज्यले कसरी आपूर्ति गर्न सक्छ ? सामान्य अवस्थामा समेत राज्य असमर्थ थियो । अर्थतन्त्रमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान हुँदा समेत खाद्यान्न संकट खेप्नुपरेको सबै जानकार छौँ । सरकारले पूर्ण लकडाउन हुँदा खाद्यान्न आपूर्ति कसरी गर्छ ? राज्यले विवेक पुर्याउन सके १३ दशमलव ४६ प्रतिशत भएको उद्योग क्षेत्रको योगदानलाई कायम राख्न सक्छ । आपूर्ति सहज हुन सक्छ ।

बितरण पक्ष कसरी सबल बनाउने ?
बितरणमा ठूलो जनशक्तिको आवश्यक्ता पर्दैन । उद्योग भित्र उद्योगकै श्रमिकले लोड गरिदिन्छन । एउटा यातायातको साधनले धेरै क्षेत्रमा वस्तु आपूर्ति गर्न सक्छ। स्थानीय सरकारको रोहवरमा व्यक्ति अथवा परिवाले वस्तु तथा सेवा प्राप्त गर्न सक्छन् । स्थानीय तहले बितरण प्रक्रिया सहज बनाउन आवश्यक पर्ने जनशक्ति निर्क्योल गर्नुपर्छ । ती सबै जनशक्ति आइसोलेसनमा राख्नुपर्छ । उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण तयारी राज्यले उपलब्ध गराउनुपर्छ । अनौपचारिक प्रकृतिको नेपाली अर्थतन्त्रमा भयावह स्थिति आउन सक्छ । यो दुर्घटनाबाट बच्न राज्यको बेलैमा ध्यान जाओस् । सरकारको आदेश जनता मान्न तयार छन् । राज्यले आपूर्ति व्यवस्था गर्न सक्नुपर्छ । भोको पेटलाई बन्दुक र बारुदले समेत छेक्न सक्तैन ।

सेवा क्षेत्रको प्रभावकारिता
अर्थतन्त्र जिवित राख्न सेवा क्षेत्रको प्रभावकारिताको खोजी गर्नु अर्को उपाय हो । शिक्षा , स्वास्थ र बैकिङ्ग क्षेत्रमा वज्ञिान र प्रवृतिलाई जोड्नु जरुरी छ । उच्च शिक्षामा अनलाइन शिक्षामा जोड दिनु उत्तम उपाय हो । तिनै तहका सरकारले स्वास्थ क्षेत्रमा एकीकृत स्वास्थ सेवा उपलब्ध गराउनुपर्छ । बैकिङ्ग र वित्तीय सेवा व्यक्ति र परिवारको पहुँच घरघरमा हुनुपर्छ ।

अल्पकालीन योजनामा जोड
सामान्य अवश्यक परिकल्पना गरेको आर्थिक वृद्धि सम्भव छैन । सकटको अर्थतन्त्र निर्वाह हुन्छ । सरकारले न्यूनतम गास बाँस कपास र स्वास्थ उपलब्ध गराउन कठिन हुँदैन । कोरोनाको प्रभाव शुन्य नभएसम्म अर्थतन्त्र जिवित राख्नु अर्थशास्त्रीको काम हो । अर्थशास्त्री प्रायः सरकारलाई अल्पकालीन योजना सिफारिस गर्नु विवेकशील कार्य हो ।

(ढकाल हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसका अर्थशास्त्र विभागका उपप्राध्यापक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…