मेसीले दिए कोरोना बिरामीको उपचारमा एक मिलियन युरो

काठमाडौं । अर्जेन्टीनी फुटबलर लियोनेल मेसीले कोरोना भाइरस संक्रमणका बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन्। मेसीले स्पेनको बार्सिलोनास्थित एक पब्लिक अस्पताललाई कोरोना भाइरसका बिरामीको उपचारका लागि उक्त रकम सहयोग गरेका हुन्। कोरोनाको चपेटामा परेको स्पेनको बार्सिलोनास्थित एउटा का लागि मेसीले उक्त रकम दिएका हुन्।
मेसीले रकम प्रदान गरेको जानकारी उक्त अस्पतालले आफ्नो फेसबुक र ट्विटर पेजमार्फत पनि दिएको छ। मेसीसँगै बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि एक मिलियन युरो रकम बराबरको स्वास्थ्य सामाग्री खरिदका लागि अस्पताललाई प्रदान गरेका छन्।
त्यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पनि लिस्बन र पोर्टोस्थित दुई अस्पताललाई एक मिलियन युरो प्रदान गरेका छन्। एजेन्सी