फेरि अर्काे काेराेना संक्रमित व्यक्ति भेटियाे

कमला हमाल
काठमाडौं ।
नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको हो। सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो।

मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो। शुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । बुधबार थप एक जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…