कोरोनाको आशंकामा सिरहाका युवकलाई काठमाडौं ल्याइयो

रामभरोसि यादव
सिरहा । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाइरस (कोभिड १९)को आशंकमा काठमाडौंको टेकु लगिएको छ ।

वडाअध्यक्ष दिलिप यादवकाअनुसार कतारबाट हालै घर आएका उनलाई अत्यधिक ज्वरो आएपछि कोरोना संक्रमणको आशंकामा जनकपुर लगिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा सम्भव नहुँदा काठमाडौं पठाइएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।

कतारबाट गत ७ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । वडा अध्यक्ष यादवले उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षित तरीकाले राख्ने प्रबन्ध मिलाउन उनकै घरतर्फ गइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं ।’

वैदेशिक रोजगारीबाट आएका र काम गर्न वा घुम्न भारत गएकाहरु पनि यो बीचमा धेरै प्रवेश गरेकाले सिरहालगायत तराईमा जोखिम देखिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।