सुरक्षा सामाग्री उपलब्ध गराउन प्रदेशलाई उच्च अदालतको आदेश

पुष्पराज अधिकारी
हेटौंडा । सुरक्षा सामाग्री उपलब्ध गराउन बागमती प्रदेश सरकारलाई उच्च अदालतले आदेश जारी गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटीने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन उच्च अदालत पाटन हेटौंडा इजलाशले वागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता ध्रव प्रसाद चौलागाईले दायर गर्नुभएको रिट निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधिश राम प्रसाद अधिकारीको इजलाशले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु अविलम्ब शुरु गर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको हो । अदालतले विपक्षलाई छलफलका लागि २०७६ चैत्र १९ गते बोलाएको छ । अधिवक्ता चौलागाईले दायर गर्नुभएको रिट निवेदनमा अधिवक्तहरु मन प्रसाद भट्टराइ, सञ्जीव प्रसाद पराजुली र बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो ।

वागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीपरिषदको कार्यालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकै आन्तरिक मामीला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाइ २०७६ चैत्र १० गते रिट निवेदन दर्ता गरिएको थियो ।

अदालतले आदेश जारी गर्नु नपर्ने कारण भए मन्त्रालयहरुका हकमा मुख्य न्यायधिवक्ताको कार्यालय मार्फत र जिल्लाप्रशासन कार्यालयलाई सरकारी वकील कार्यालयमार्फत १५ दिनभित्र लिखीत जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…