Logo आश्विन ४, २०७७ आइतबार


टोकियो ओलम्पिक सर्ने निश्चित, ३ अर्ब ८० करोड डलर घाटा

काठमाडौं । अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मंगलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो ।

जापान आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण ओलम्पिक खेलसमेत प्रभावित हुुने देखेपछि तत्कालका लागि ओलम्पिक खेल स्थगन गर्ने पक्षमा देखिएको हो । जापानी प्रधानमन्त्री आवेले टोकियो ओलम्पिक खेल आयोजक समितिका प्रमुुख योशिरो मोरीसँग समेत सल्लाह गरी सोमबारको संसदीय समितिमा खेल पूर्ण रुपमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि खेल केही समय पछाडि सार्नका लागि ओलम्पिक कमिटीलाई आग्रह गर्ने बताउनुभएको थियो ।

नयाँ मिति घोषणा गर्ने भन्नेमा नै वार्ता केन्द्रित भए पनि खेल कहिलेसम्म सार्ने भन्ने निश्चित नभएको जापानी समाचार एजेन्सी एनएचकेले जनाएको छ ।
खेल आयोजक राष्ट्र जापानले भने सकेसम्म ओलम्पिक खेललाई तोकिएको मितिमा नै पूरा गर्न चाहे पनि देशभित्र र बाहिरको वातावरण उपयुुक्त नदेखिएपछि अन्ततः खेल सार्न तयार भएको हो । चार महिना पछाडि शुरु हुन लागेको ओलम्पिक खेल एक पटक मिति सार्दा ३ अर्ब ८० करोड डलर घाटा लाग्ने आयोजकले जनाएको छ । अहिलेसम्म जापानमा करिब एक हजार ८ सय संक्रमित बिरामी रहेकाले यसलाई नियन्त्रण गर्न जापान सरकार केन्द्रित बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।