पूर्व मुख्यमन्त्रीको पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं । भारतको मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी पत्रकारमा कोरोना भाइरस पुष्टि भएको छ । पूर्व मुख्यमन्त्री कमलनाथले मार्च २० मा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कमलनाथले पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकार सहभागी भएको बताइएको छ। सोही सम्मेलनमा सहभागी एक पत्रकारमा कोरोना पुष्टि भएको हो ।

पत्रकारलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ